रवि जी राजनीति भनेको टेलिभिजनमा कमाएको पपुलारिटी जस्तो होइन

सुधीर नेपाल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याल महान्यायाधिवक्ता दिनमणि पोखरेललाई भेट्न सोमबार उनको कार्यालय पुगेको कार्यालय स्रोतले जानकारी दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को सरकारलाई रास्वपाले विश्वासको मत दिनुअघि नै महान्यायाधिवक्ताको कार्यालयले पार्टी सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा उन्मुक्ति दिन्छ कि दिँदैन यकिन गर्न अर्याल त्यहाँ पुगेको घटनाक्रमले देखाउँछ।

अहिले रास्वपामा एक प्रकारको नाटक भै रहेको छ । आफना सभापति रवि लामिछानेलाई बचाउन हरसम्भवको प्रयासमा लागेका छन् रास्वपाका नेताहरु ।

स्वच्छ राजनीति गर्ने देश र जनताको लागि गर्ने भन्ने दृढ उत्साहका साथ नेपाली राजनीतिको बजारमा उदाएको रास्वपाले पनि पुराना राजनीतिक दलको पद्धतीलाई अवलम्बन गर्न थालेको भान आम नेपालीहरुले गर्न थालेका छन् । हुन् त राजनीतिमा भन्ने र गर्नेमा आकाश जमिनको फरक हुन्छ । त्यहि आधुनिक सिद्धान्तलाई अहिले रास्वपाले पनि अंगीकार गरिरहेको छ ।

नेपाली संचार जगतको पूर्व संचारकर्मी रहेका लामिछानेले जसरी टेलिभिजन कार्यक्रम मार्फत आफूलाई पपुलारिटीको बिन्दुमा पुर्याए र आफनो सोही पपुलारिटीलाई भजाउन थाले । जुन कुरा सोझा नेपालीहरुले चाँडै बुझ्न सकेनन् । तर अब बिस्तारै बुझ्न थालेका छन् ।नेपाली राजनीतिको नक्षत्रमा आक्समत उत्पन्न भएका रास्वपा सभापति लामिछानेको आगमनले नेपाली राजनीतिमा जुन प्रकारको तरंग उत्पन्न भएको थियो । रविको कथनबाट तत्कालका लागि राजनीतिक क्षति भएको छ । एक महिनामै मास्क खोलेर, आफ्नो छद्मछवि भत्काएर रविले राम्रो काम गरेका छन् । स्टन्टबाज, घृणाप्रसारक तथा नायकहरूबाट मुक्ति खोज्ने यो सुन्दर अवसर पनि हो । नेता माथिबाट, गालीगलौजबाट, सोसल मिडिया, मिडियाबाट, चमत्कारबाट जन्मिँदैन भन्ने बुझाएका छन् ।
नेता भुइँबाट, शिक्षाबाट, चेतनाबाट, लोकतान्त्रिक संस्कारबाट, श्रमबाट, सपनाबाट, योजनाबाट, शिष्टशैलीबाट, सेवाबाट र इमानबाट जन्मिन्छ भन्ने अब त नेपालीले बुझ्नुपर्छ ।

अहिले त्यहि बिमुखतालाई सहन गर्न नसकी भनौ वा सत्ता र शक्तिको मोहमा फस्न पुगेर हो लामिछानेका आँखा रसिला भएका छन् । कुनै समय सञ्चारमाध्यम मार्फत दुनियाँलाई गालीको भकारी भर्ने बानी लागेका लामिछाने अहिले त्यही सञ्चार माध्यमको र यसका मालिकहरुको उछितो काढ्न थालेका छन् ।

सरकारबाट बाहिरीए सँगै जसरी रविले पत्रकार सम्मेलन मार्फत आफना अभिब्यक्ति प्रकट गरेका थिए । त्यसले रवि कस्तो तन्तु हुन् भन्ने कुराको यर्थातता प्रष्ट्याएको पनि छ ।लोकतन्त्रको बिजारोपण भएको हाम्रो जस्तो अल्पबिकसीत मुलुकमा भर्खर मात्र वाक स्वतन्त्रताको प्रतिध्वनी गुन्जिन थालेको छ । यहि वाक स्वतन्त्रताको भरपूर प्रयोग नेपाली राजनीतिको बजारमा भर्खर मात्र पाइला राखेका रविले गरे । जुन स्वतन्त्रता उनको लागि त्यति मजबुत होला जस्तो लाग्दैन् ।

नेपाली राजनीतिका एक लहरले जसरी रविलाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ । भनौ अब त्यो हराई नै सकेको छ । नेपाली बन्ने अधिकार बाट बञ्चित भएका लामिछानेले जसै दोस्रो पटक नेपाली बन्ने अवसर पाए । त्यो सँगै लामिछानेमा सत्ता र शक्ति बिना बाच्न नसक्ने जस्तै पानी बिनाको माछो बनाएको छ । जुन कुरा अहिले नेपालबाट प्रकाशीत हुने समाचार पत्र देखी अनलाइन सञ्चारको लागि खुराक पनि बनेको थियो ।

आफू बिरुद्ध लागेका सञ्चार माध्यम बेतुकको गाली गलौचमा उत्रिएका रवि जस्तो राज्यको जिम्मेवार पदमा बसिसकेको पात्रले व्यक्ति/व्यक्तिविरुद्ध विषवमन गर्नु र त्यसैको जयजयकार हुनुले नेपाली समाजको अधोगतिको संकेत गर्छ । पत्रकारलाई, मिडिया मालिकलाई प्रश्नै गर्नुहुन्न कसैले भनेको छैन र भन्न पनि मिल्दैन ।

तर, बजार हल्लालाई प्रमाण जसरी सयौँ मिडियासामु प्रस्तुत गर्नु आपत्तिजनक छ । आरोप लागेका संस्था र पात्रले ती विषयमा मुख नखोल्नु पनि आपत्तिजनक छ । पत्रकारितालाई सफासुग्घर राख्न चाहनेले आफूबारे छानबिनको माग गर्न वा मानहानीको मुद्दा चलाउने हिम्मत गर्न सक्नुपर्छ ।

रास्वपाका नेतालाई विभिन्न शक्तिस्थल पठाएर आफूलाई चोख्याउन खोज्नु भनेको राजनीतिमा लागेर लुटतन्त्रको प्रयास गर्नु बराबर हुनेछ । रविले आफूबाट लागेको आरोपबाट यो पनि बुझ्नु पर्छ नेपालको कानून भन्दा माथि केही छैन् । त्यसैले रवि अब शक्ति केन्द्र धाउन आफू पनि छोड्नु होस् र आफना कार्यकर्ताहरुलाई पठाउन छोड््नु होस् ।

यदि यसरी राजनीतिको खोल ओढेर सत्ता र शक्तिका पदचाप पच्छ्याउन थाल्नु भयो भने जनताले त्यसको हिसाब राम्ररी गर्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।