हावाबाट पनि कोरोना फैलिने वैज्ञानिकको दाबी

२२ असार,एजेन्सी ।
अहिले सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त रुपमा फैलिरहेको छ । दिनप्रतिदिन यसको प्रकोप झनै तीव्र गतिले बढीरहेको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि मास्क र सोसल डिस्टेन्सिङ अपनाउनुलाई नै अहिलेसम्मको सबैभन्दा धेरै राम्रो उपाय मानिएको छ । तर अब, भीड नभएको क्षेत्रमा कोहि छैनन् भनेर बिना मास्क घुम्दै हुनुहुन्छ भने, सावधान हुनुहोस् । किनभने वैज्ञानिकले हालै गरेको एक अध्ययनमा कोरोना भाइरस हावाबाट पनि फैलिने बताइएको छ । न्यूयोर्क टाइम्समा छापिएको एक ताजा रिपोर्टका अनुसार ३२ देशका २३९ वैज्ञानिकहरुले गरेको आफ्नो रिसर्चमा नोवेल कोरोना भाइरसका साना साना कण हावामा जीवित रहेको पाइएको छ ।साथै यस्ता कणले पनि मानिसहरुलाई संक्रमित बनाउने गरेको पाइको छ ।

वैज्ञानिकहरुले आफ्नो रिसर्चमा कोभिड १९ को यो खतरनाक भाइरस एयरबोर्न अर्थात् हावाको माध्यमबाट फैलिन सक्छ । यो भन्दा पहिला विश्व स्वास्थ्य संगठनले यस भाइरसको बारेमा यसको संक्रमण हावामा नफैलिने बताएको थियो ।डब्ल्युएचओले स्पष्ट पार्दै भनेको थियो कि, यो खतरनाक भाइरस मात्र थुकको छिटाको कणबाट नै अन्यमा सर्दछ ।

यो कण कफ, हाच्छ्युँ गर्दा र बोल्दा मात्रै बाहिर निस्किने बताइएको थियो । तर थुकको कण हावामा धेरै बेर रहन नसक्ने र केहि क्षणमै जमीनमा झर्ने गर्दछ ।वैज्ञानिकले यस बारेमा डब्ल्युएचओसँग आफ्नो भनाई सच्याउन पत्र लेखेको छ । अध्ययनमा रहेका सबै वैज्ञानिकहरुले यो कुराको पर्याप्त प्रमाण भएको पनि बताएका छन् ।हावामा रहेको साना साना कणको माध्यमबाट मानिसमा यो संक्रमण सर्न सक्ने उनीहरुले बताएका छन् ।सो पत्र साइन्टिफिक जर्नलमा बितेको हप्ता प्रकाशित हुने बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।