बेलायतमा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परिक्षण सुरु

१८ असार,काठमाण्डौ ।
बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ। संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो। अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापकले सारा गिलबर्टका अनुसार अब खोप तेस्रो चरणको परीक्षण क्रममा रहेको र त्यो खोप लगाउन ८ हजार स्वयंसेवकले नाम दर्ता गराइसकेका छन्।तर उनले यो खोप कहिलेसम्म आम प्रयोगका लागि तयार हुन्छ भन्ने खुलाइनन्, किनकि यो परीक्षणबाट आउने नतिजामा भर पर्छ। बीबीसी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।