एजेन्सी,
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। फारस समाचार एजेन्सीका अनुसार इरानको क्विड फोर्सका कमान्डर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित अन्य ३५ विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । त्यसका लागि इन्टरपोलसँग सहयोग समेत माग गरिएको तेहरानका अभियोजक अली अलका सिमेहरले सोमबार बताएको
दगार्जियन उल्लेख गरेको छ।मिडिया रिपोर्ट्स अनुसार अलकासीमरले पक्राउ पूर्जी जारी गरिएकामध्येका ट्रम्प बाहेक अन्यको पहिचान खुलाएका छैनन् । फ्रान्सको लियोनमा रहेको इन्टरपोलले टिप्पणीको अनुरोधमा कुनै जवाफ दिएको छैन। अमेरिकाले ३ जनवरीमा इराकमा ड्रोन हमला गरेर सुलेमानीको हत्या गरेको थियो। सुलेमानीको हत्याले अमेरिका र इरानलाई सशस्त्र द्वन्द्वको धारमा पुर्याएको थियो।
घटनापछि इरानले इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो। इरानको यो कदमले ट्रम्प गिरफ्तारीको कुनै खतरा नरहेको बताइएको छ। तर, इरानको यो कदमले इरान-अमेरिकाबीचको तनाव अझ चर्किन सक्छ।








