अष्ट्रेलियामा कोरोनाः मेल्बर्नमा घर घरमै पुगी कोरोना परीक्षण गरिदै

२६ जुन,एजेन्सी ।
अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गतको मेल्बर्न आसपासमा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । पछिल्लो समय मेल्बर्नमा कोरोनाभाइरसको संक्रमण अत्याधिक मात्रामा बढ्दो छ ।कोरोना सङ्क्रमित बढे संगै मेल्बर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो । अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ । कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेल्बर्न क्षेत्र अष्ट्रेलियाकै लागि सवैभन्दा बढी चुनौतीपुर्ण क्षेत्र मानिएको छ । भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

अष्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो । परीक्षण कार्यमा सम्लग्न भएका प्रिमियर ड्यानियल एन्डुजले दैनिक दश हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिए । उनले यही दरमा कोरोना परीक्षणको कार्य दश दिनसम्म जारी रहेने पनि बताए ।

परीक्षण सबै निःशुल्क गरिने छ भने नागरिक प्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ । परीक्षण कार्यमा सम्लग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै एक हजार सैन्य अधिकारीहरुले समेत सघाउने जनाइएको छ । अष्ट्रेलियामा अहिलेसम्म कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या सात हजार ५०० रहेको छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ । Photo:Google /AFP

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।