कोरोनाबाट विश्वभर करिब ५ लाखको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ६६ हजार ६ सय ८४ पुगेको छ । संक्रमितको संख्या ८९ लाख १३ हजार ५ सय २४ पुगेको छ भने ४७ लाख ३७ हजार ९ सय ५१ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ५ सय ३ जनाको अवस्था गम्भीर छ ।अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २१ हजार ९ सय ८० जनाको ज्यान गएको छ । ब्राजिलमा ५५० हजार ५८, भारतमा १३ हजार २ सय ७७, बेलायतमा ४२ हजार ५ सय ८९, स्पेनमा २८ हजार ३ सय २२, इटलीमा ३४ हजार ६ सय १०, मेक्सिकोमा २० हजार ७ सय ८१ र फ्रान्समा २९ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।