१५ जुन,सिड्नी ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन लगायतका १३ देशमा रहेका १सय २७ जना नेपालीहरुले ज्यान गुमाउन पुगे ।कोरोना भाइरसको संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघले बताएको छ । बिगतको २ महिना सम्म मृत्यु हुने क्रम रहे पनि गत साता
नेपालीको मृत्यु नभएको संघले जनाएको छ ।यस्तै गत साता देखी नै कोरोना संक्रमण दरमा समेत ब्यापक रुपमा कमी आएको बताइएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै बिदेशमा १७ हजार ७ सय ९२ जना नेपाली कोरोनाभाइरसको संक्रमण पुष्टी भएका थिए ।संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका थिए ।








