जुन १७ र २२ मा अष्ट्रेलिया बाट नेपाल चार्टड उडान हुने

११ मे सिड्नी ।
अन्ततःअष्ट्रेलियामा समस्यामा रहेका नेपालीहरुको उद्दार हुने भएको छ । अष्ट्रेलियामा तीन पटक सम्म राष्ट्रियध्वजा बाहक बिमान आए पनि नेपाल सरकारले रित्तै फर्काएको थियो । तेस्रो पटक क्यानबेरा आएको बिमानमा भने १ बिरामी जोडी सहित अन्य ९ जनालाई दुताबासले सुटुक्कै उडायो । जुन ८ मा २८० सिटको बिमानमा ११ जनालाई मात्र नेपाली दुताबास क्यानवेराले सुटुक्क पठाएको भन्दै अष्ट्रेलियामा दुताबास र राजदुतको चर्को आलोचना भएको छ । केहि संस्थाले बिज्ञप्ती प्रकाशन गरी ११ जना मात्र पठाएकोमा औपचारिक रुपमा नै बिरोध गरेका छन् । यसैबिच दुताबासले बिहिबार एक बिज्ञप्ती जारी गर्दै समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताका हिसाबले नेपाल पठाउन लागिएको जनाएको छ । दुताबासका अनुसार पहिलो चार्टड बिमान यहि जुन १७ तारीख बुधबार र दोस्रो चार्टड बिमान २२ जुन सोमबारका दिन उड्ने भएको छ ।

प्राथमिकतामा परेकाहरुलाई दुताबासले टिकट खरिदका लागि सम्पर्क गर्ने जनाएको छ । उडान मिति तय हुदा सम्म टिकटको मुल्य भने तोक्न सकेको छैन । अन्य देशका लागि टिकट मुल्य बुधबार नै सम्बन्धित निकायले सार्बजनिक गरिसकेको छ । दुताबासले हवाई भाडा र उडान हुने बिमान स्थलको जानकारी आगामी सुचनामा गराउनेभएको छ ।

बिज्ञप्तीमा नेपाल फर्कनका लागि कोरोनाभाइरस परिक्षणको नेगेटिभ रिपोर्ट अनिबार्य गरिएको छ । भने,नेपालमा सरकारको निति अनुसारको क्वारेन्टिनमा बस्नुपर्नेछ । क्वारेन्टिनमा बसेको,खाना खाएको देखि बिमान स्थल देखि क्वारेन्टिन स्थल सम्मको भाडा समेत सम्बन्धित ब्यक्तीले भुक्तानी गर्नुपर्ने दुताबासको यसअघिको बिज्ञप्तीमा उल्लेख छ ।

दुताबासले केहि दिन अघि सार्बजनिक गरेको बिबरण फाराम करिब १ हजार ४ सय ले भरेका छन् । विश्वभरबाट करिब ५० हजार नेपालीहरुले स्वदेश फर्कन बिबरण बुझाए पनि परराष्ट्रमन्त्रालयले २४ हजारलाई मात्र नेपाल लाने तयारी गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।