श्यामसुन्दर गिरी,सिड्नी ।
सफल अभिनेता तथा क्याप्टेनका रुपमा ख्याती कमाउन सफल क्याप्टेन विजय लामाको अष्ट्रेलियाको मिडिया एबिसिन्युजमा प्रसंसा गरिएको छ । लामाको क्याप्टेन पेसा संगै उनको कलाकारिताको समेत खुलेरै प्रसंसा गरिएको हो । उनलाई सेलिब्रेटी पाइलटको रुपमा प्रसंसा गरिएको छ । लामाले लकडाउन पछि अष्ट्रेलियामा ३ पटक नेपालको राष्ट्रियध्वजा नेपाल
एयरलाईन्सको बिमान सफल अबतरण तथा उडान गरिसकेका छन् । उनले पहिलो पटक २ अप्रिलमा ब्रिजबेन र दोस्रो पटक ७ मेमा सिड्नी अबतरण तथा उडान गरेका थिए । क्याप्टेन लामाकै नेतृत्वमा ८ जुनमा क्यानबेरा आएको बिमान मंगलबार नै काठमाण्डौ प्रस्थान गरेको छ । यसैबिच तेस्रो पटक क्यानबेरा आएको नेपाल एयरलाईन्सको बिमान पछि क्याप्टेन लामाको यहाँको मिडियाले प्रसंसा गरेको हो ।
३५ बर्ष हवाई उडानमा अनुभब बटुलेका लामाले ४० वटा नेपाली चलचित्रमा काम गरेको र सन् २०१५ मा हलिउड मुभि एभरेष्टमा पाईलटको भुमिकामा अभिनय गरेको समचारमा उल्लेख छ ।
समचारमा भनिएको छ “क्याप्टेन बिजय लामा समाजसेवी, एक लोक गायक, एक कार्यकर्ता र एक सोशियल मिडिया स्टार पनि हुन् तर हिजो उनको काम क्यानबेरामा नेपाल एयरलाइन्सको उडान गर्ने थियो जसमा २९६ जना यात्रुलाई क्यानवेरा सफलता पुर्बक अबतरण गरिएको छ”।
यो तेस्रो र सम्भावित अन्तिम उडान हो जुन नेपालमा अष्ट्रेलियाली दूतावासले आयोजना गरेको थियो, नेपाल एयरलाइन्सले विभिन्न देशबाट आफ्नो एयरस्पेसबाट उडान गर्न अष्ट्रेलिया आउन विशेष अनुमति लिएको थियो ।”यो मेरो ह्याट्रिक हो, यहाँ मेरो तेस्रो उडान हो,” क्याप्टेन लामाले एबीसीलाई विमानको ककपिटबाट भिडियो कलमा भनेको समचारमा उल्लेख गरिएको छ । ब्रिस्तृत समचार पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्ः







