अष्ट्रेलिया बाट फर्किए ४ सरकारी कर्मचारी सहित ११ नेपाली

९ जुन,सिड्नी ।
लकडाउनका कारण अष्ट्रेलियामा फसेका ११ जना नेपालीहरु मंगलबार अष्ट्रेलियाको राजधानी क्यानबेरा बाट काठमाण्डौ फर्किएका छन् । एक हजार चार सय भन्दा बढी नेपालीहरुले नेपाल फर्कनका लागि क्यानबेरा स्थित नेपाली दुताबासले जारी गरेको फाराम भरेका थिए । तर फाराम भरेका नभइ मंगलबारको उडानमा भने अरु नै नेपाल फर्कन पाएका हुन् ।नेपाल बाट पहिलो पटक क्यानबेरा आएको नेपाल एयरलाईन्सको बिमानमा ४ सरकारी कर्मचारी सहित ११ जना नेपाल फर्किएका हुन् । जसमा अष्ट्रेलिया बस्दै आएका क्यान्सर बिरामी बिशाल पौडेल,उनका श्रीमती एलिसा अधिकारी छन् । आजै नेपाल उड्नेको सुचीमा नेपाल बाट अष्ट्रेलिया घुम्न आएका दुई दिदिभाई समेत परेका छन् ।

यसैगरी मेल्वर्नमा सांगितिक कार्यक्रमका लागि आएकी गायिका सुनिता परियार छिन् । दुताबासका अनुसार पौडेल,अधिकारी र परियार यि ३ जनालाई मात्र दुताबासले नेपाल फर्काउन पहल गरेको हो । दुताबासका एक अधिकारी (नाम नछाप्ने शर्तमा)ले नेपाली टिभीलाई बताए ।

ती अधिकारीका अनुसार दुताबासले ३ जनाको नाम मात्र सिफारिस गरेको र बाँकी ८ जनाको नाम सबै परराष्ट्र बाट नै आएको बताए । उनका अनुसार बाँकी २ जना को हुन्,नेपाल फर्कन अत्याबश्यक के थियो सो बारे दुताबासलाई केहि जानकारी नआएको समेत बताए । नेपाल उडेका ११ जनाकै टिकट नेपाल एयरलाईन्स बाट सिधै आएकाले दुताबासले निगम संग कुनै समन्वयन नगरेको दाबी समेत गरे ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।