अमेरिकाको महात्मा गान्धीको शालिक तोडफोड

२३ जेठ,वासिङ्टन ।
मे २५ तारिखमा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा प्रहरीको कार्बाहीमा मृत्यु भएको घटना पछि देशभर उत्पन्न असहज परिस्थित अहिले एतिहासमा रेकर्ड राखिसकेको छ । अश्वेत (काला) र श्वेत (सेताबर्ग) बिचको बिभेदकै संज्ञा पाएको यस घटना अझै मथ्थर हुन सकेको छैन ।देशभर अराजक प्रदर्शक हुदै गर्दा ४० भन्दा बढी सहरमा सरकारले कर्फ्यु समेत लगाएको थियो । यसै बिच अमेरिकामा रहेको भारतीय दूतावासअगाडिको महात्मा गान्धीको शालिक समेत जुन २ र ३ तारिखको राति तोडफोड भएको छ ।शालिक तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र दोषीलाई कानुनअनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ ।

घोडाले टेकेर हत्या गरेको आरोप लागेका ती प्रहरीले सरकारले सेवा बाट बर्खास्त गरी कानुनी कारबाहिको प्रकृयामा रहेको छ । यसैबिच उनकी गर्भवती श्रीमतीले समेत घटना सार्बजनिक पछि सम्बन्ध बिच्छेदका लागि निबेदन पेस गरिसकेकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।