अमेरिकाका ४० शहरमा कर्फ्यु,ट्रम्पद्वारा भूमिगत बंकर मार्गको प्रयोग

एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिको हत्यापछि हिंसा भड्कीएको छ । अश्वेत नागरिक जर्ज फलयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो । हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ । फ्लयडको मृत्युपछि मिनोपोलिसबाट सुरु भएको प्रदर्शन अमेरिकाका थुप्रै शहरहरुमा फैलिएको छ । अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउस अगाडी पनिप्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन ।तनावपूर्ण अवस्थाका कारण राष्ट्रपति ट्रम्प ह्वाईट हाउसबाट बाहिरिने र भित्रिंने क्रममा भूमिगत बंकरको बाटो प्रयोग गर्नुपरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन । स्थिति नियन्त्रणमा लिन प्रशासनले वाशिंगटनसहित विभिन्न ४० शहरमा कफ्र्यु आदेश जारी गरेको छ । त्यस्तै ईंडियानापोलिसमा प्रहरीले चलाएको गोली लागि एक प्रदर्शनकारीको मृत्यु हुँदा स्थिति झनै हिंस्रक बनेको छ । स्थिति नियन्त्रणमा लिन विभिन्न १५ राज्यमा ५ हजार नेशनल सेक्युरिटी गार्ड तैनाथ गरिएको छ ।वासिंगट डिसीमा मात्रै २ हजार गार्ड तैनाथ गर्ने तयारी भएको छ । प्रर्दशनकारी र प्रहरीबीचको भिडन्तमा १३ जना प्रहरी घाईते भएका छन । प्रहरीले अहिलेसम्म विभिन्न १७ वटा शहरहरुबाट १४ सय भन्दा बढी प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ भने थुप्रै घाइते भएका छन । अश्वेत नागरिकको हत्या, प्रहरी दमन र हिंसात्मक बन्दै गैरहेको प्रर्दशनको डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको राष्ट्रपति पदका सम्भावित उमेद्वार जो विडेनले निन्दा गरेका छन ।एजेन्सी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।