अष्ट्रेलिया बाट नेपाल फर्कदै हुनुहुन्छ,ध्यान दिनुस् यी कुरामा

३० मे,सिड्नी ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९)कै कारण अष्ट्रेलियामा फस्नुभएका नेपालीहरु अब नेपाल जान पाउनु हुने भएको छ । नेपाल बाट यहि जुन ८ मा नेपाल एयरलाइन्सको क्यानबेरा आउने बिमानमा नै नेपालीलाई फर्काउने बुझिएको छ ।कारणबंश तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूको प्राथमिकताको आधारमा नेपाली राजदुताबासले सोको प्रबन्ध मिलाउने भएको हो ।जसको लागि दुताबासले आफ्नो विवरण भर्नका लागि सार्बजनिक अपिल गरिसकेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ गतेको निर्णयानुसार “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भएसंगै बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका अष्ट्रेलिया र अष्ट्रेलिया स्थित दूतावासको कार्यक्षेत्रअन्तर्गतका देशहरूमा रहनुभएका नेपाली नागरिकहरूलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागेको हो ।

नेपाल फर्कनै पर्ने अबस्थामा रहनु भएकाहरुले दुताबासले सार्बजनिक गरेको फाराम यही जुन २ तारीख भित्र भरिसक्नुपर्नेछ । यसरी नेपाल जानुहुने प्रत्येकले १४ दिन दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ । भने,अष्ट्रेलिया बाट नेपाल जादा लाग्ने टिकट,काठमाण्डौ स्थित त्रिभुबन बिमानस्थल देखी क्वारेन्टाईन स्थल सम्मको यातायात भाडा र क्वारेन्टिनमा बस्दाको सम्पुर्ण खर्च आफैले भुक्तानी गर्नुपर्नेछ ।यसैगरी नेपाल यात्रा गर्नुपुर्ब कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ F (एकसय दशमलव चार डिग्री फरेनहाइट) भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।

विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ । बिबरण फारम यहाँ बाट भर्न सक्नुहुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।