श्रीलङ्कामा पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु

९ जेठ,काठमाण्डौ ।
श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् ।एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौं व्यक्ति जम्मा भएका थिए ।पुलिसका अनुसार ती व्यापारीले आफ्नो योजनाबारे कुनै जानकारी दिएका थिएनन् र आफू खुसी यस्तो गर्न कसैलाई पनि अनुमती थिएन । पैसा बाँड्ने ६ व्यक्तिलाई पक्राउ गरिएको छ ।केही रिपोर्टका अनुसार व्यापारी मुस्लिम हुन् र रमजानको महिनाको समाप्तिका बेला ईदका लागि दान गरिरहेका थिए ।श्रीलङ्कामा कोरोनाभाइरसका १ हजार ४५ संक्रमित छन् जबकी हालसम्म ९ जनाको मृत्यु भएको छ । स्रोतः बीबीसी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।