१ जेठ,काठमाण्डौ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसकै कारण झण्डै ३ लाख मानिसहरुको मृत्यु भैसकको छ । अझै केहि देशहरुमा कोरोनाभाइरसले सताइरहेकै छ । यसैबिच कोरोना भाइरस ‘कोभिड १९’ परीक्षण सामग्री बोकेको विमान दुर्घटनामा पर्दा एक महिला पाइलटको मृत्यु भएको छ । इन्डोनेसियाको ग्रामिण क्षेत्रमा कोरोना परीक्षण किट बोकेर उडेको विमान मंगलबार बिहानै
दुर्घटनामा परेको थियो।४० वर्षकी अमेरिकी पाइलट जोइस लिनको मृत्यु भएको सीएनएनले जनाएको छ। लिन दुई वर्षदेखि इन्डोनेसियामा कार्यरत थिइन्।इन्डोनेसियामा हालसमम १६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। हालैका दिनमा इन्डोनेसियामा कोरोना तिव्र रुपमा बिढिरहेको जनाइएको छ ।







