अष्ट्रेलियाका ७ राज्य र टेरिटोरीमा कोरोनाभाइरस सुन्य

१२ मे,सिड्नी ।
करिब डेढ महिना कोरोनाभाइरसले सताएको अष्ट्रेलिया यतिबेला भने सामान्य अबस्थामा फर्किन सफल भएको छ । पछिल्लो ताजा तथ्यांक अनुसार अष्ट्रेलियाको एनएसडब्लु राज्य (सिडनी) मा कोरोनाभाइरसको संक्रमण सुन्यमा झरेको छ ।अष्ट्रेलियाभर पछिल्लो ताजा तथ्यांक (मे११) अनुसार देशभर ८ जना नयाँ कोरोना संक्रमित पुष्टी भएका छन् । जस्मा एनएसडब्लुमा १ र भिक्टोरियामा ७ जना संक्रमित भिएका हुन् । कोरोनाले सबैभन्दा बढी असर गरेको एनएसडब्लु राज्यमा कोरोनाको संक्रमण पछिल्लो २४ घण्टामा ६ हजार ४८ जनाको परिक्षणमा पोजेटिभ केस सुन्यमा झरे संगै अष्ट्रेलिया सामान्य अबस्थामा फर्कन सफल भएको संकेत देखाएको छ ।कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आए संगै एनएसडब्लुका बिध्यालयहरु सोमबार बाट खुलेका छन् । यही शुक्रबार देखी क्याफे,रेष्टुरेण्ट लगायतका ब्यापारलाई समेत केहि बन्देजका सर्तको पालना गर्दै सरकारले खुल्ला गर्न घोषणा गरिसकेको छ ।अष्ट्रेलियाभर ६ हजार ९ सय ४८ कोरोना संक्रमित पुष्टी भएका छन् । यसमध्ये ३ हजार ५३ जना एनएसडब्लुका हुन् । देशभर ९७ जनाको कोरोनाले मृत्यु भएको छ । देशभर ६ हजार १ सय ७९ निको भएका छन् । एनएसडब्लुमा कोरोनाभाइरसको संक्रमण सुन्यमा झरे संगै अब कोरोनाभाइरस भिक्टोरियामा मात्रै सिमित भएको छ । भिक्टोरिया र एनएसडब्लु राज्य बाहेकका राज्य र टेरिटोरीमा केहि दिन देखि नै कोरोना सुन्यमा झरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।