२७ बैशाख,काठमाण्डौ ।
कोरोना भाइरस संक्रमणका विश्वै सबैभन्दा बढी संक्रमित र ज्यान गुमाएको देश अमेरिका यतिबेला कोरोनाको निकै ठुलो संकटमा छ । कोरोना संग लड्दै गरेको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हिन्दु परम्परा अनुसार स्वष्ती-शान्तिपाठ गरिएको छ । हिन्दू धर्म दर्शनमा महत्वपूर्ण मानिएको र चार वेद मध्ये यजुर्वेदमा उल्लेख गरिएको शान्ति पाठको ऋचा ब्राह्मणद्वारा पाठ
गराइएको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् । न्यू जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ट्रम्पको आग्रहका उनको सामान्य विश्व शान्तिको कामना गर्दै मन्त्र वाचन गरेका हुन् । मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका हुन् ।







