जापानमा कोरोना प्रभाब:रेल स्टेशन र एयरपोर्ट सुनसान

२ मे, जापान ।
महामारीका रुपमा फैइलिएको कोरोनाभाइरसले जापानमा समेत ठुलै प्रभाब पारेको छ । करीब १ महिनाको लामो आपतकाल झेलिसकेको जापानमा आंशिक आपत्कालिन अझै जारी छ । यहाँका रेलमार्ग र हवाई सेवा सीमित छ भने स्टेशन र एयरपोर्टहरू सुनसान देखिन्छ ।जेआर कम्पनीका अनुसार मे १ तारिखमा सिनकानसेनको सार्वजनिक सीटको लागी दैनिक यात्रुको दर टोकैडो शिन्कानसेनमा २० प्रतिशत पुगेको छ । बिहानदेखि अधिकांश ट्रेनहरूमा यात्रुको संख्या १० प्रतिशत भन्दा तल झरेको छ । घरेलु हवाई उडानको लागि एएनएले ८५ प्रतिशत र जापान एयरलाइन्सले ६० प्रतिशत उडान घटाएका छन् । विश्वकै व्यस्त बिमानस्थलमा पर्ने प्रमुख एयरपोर्ट हानेदा शान्त छ भने त्यहाँ अपरेट गरिएका उडानहरूमा पनि सिट खाली रहेको छ । भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयका अनुसार में ६ तारिख सम्मको ठूलो छुट्टी अवधिमा यो आरक्षण स्थितिमा नै रहनेछ ।

जेआर कम्पनीहरूको शिनकानसेनको आरक्षित सीटहरूको आरक्षण गत वर्षको जतिकै अवधिको ५ प्रतिशत रहेको छ । यसको अलवा घरेलु एयरलाइन्स कम्पनीहरूको आरक्षण पनि करिब ७ प्रतिशत मात्र रहेको छ । नयाँ कोरोना भाइरसको संक्रमण निरन्तर बृद्धि भइरहँदा आपतकाल थप लम्बिने खवरका बिच आन्तरिक रुपमा मानिसहरुको बाह्य यात्रा ८० प्रतिशत बढीले घटेको छ । जापान सरकारले मे ६ तारिखबाट आपतकाल थप १ महिना बढाउने निर्णय गर्न लाग्दा यो अवस्था अझै एक महिना लम्बिने निश्चित देखिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।