अष्ट्रेलियामा सुन्यता तिर कोरोनाभाइरस

१ मे,सिड्नी ।
कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण अष्ट्रेलियामा करिब सुन्यता तिर झर्दैछ । गत २४ घण्टामा क्विसल्याण्ड नयाँ संक्रमण भेटिएन । यस्तै नर्थन टेरिटोरिमा करिब तीन साता देखी नै नयाँ संक्रमित छैनन् ।अष्ट्रेलियामा पछिल्लो तथ्यांक अनुसार (मे १ बिहान ६ बजे) संक्रमित संख्या ६ हजार ७ सय ६२ पुष्टी भएका छन् । देशभर कोरोनाले ९२ जनाको मृत्यु भएको छ भने ५ हजार ७ सयz२० निको भएर घर फर्किसकेका छन् ।
कोरोनाभाइरसले अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा अहिले सम्म १ सय ६ जना संक्रमित पुष्टी भएका छन् । यसैगरी न्यु साउथ वेल्समा ३ हजार २५ जना,नर्थन टेरिटोरिमा जम्मा २७ जना,क्विसल्याण्डमा १ हजार ३३ जना,साउथ अष्ट्रेलियामा ४ सय ३८,तास्मानियामा २ सय २१ जना,भिक्टोरियामा १ हजार ३ सय ६१ जना र वेस्ट्रन अष्ट्रेलियामा ५ सय ५१ जना गरी कुल ६ हजार ७ सय ६२ जना संक्रमित पुष्टी भएका हुन् । यसमा ९ जना नेपालीहरु समेत संक्रमित पुष्टी भएका छन् । जसमध्ये ८ जना निको भएर घर फर्केका छन् भने सिड्नीका एक जना बिध्यार्थी उपचाररत छन् ।

अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउदै गर्दा सरकारले आंशिक लकडाउनलाई समेत थप खुकुलो पारेको छ । आजै बाट २ जना बाहेक हिड्न नपाउने बन्देजलाई फुकुवा गरेको छ । दुई दिन अघि मात्रै परिचित बोण्डाई बिच र तामारामा बिच समेत खुल्ला गरिसकेको छ । लकडाउन खुकुलो हुदैगर्दा जनजीवन समेत सामान्य हुदैछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।