२९ अप्रिल,सिड्नी ।
यही मे ६ तारीखका दिन काठमाण्डौ बाट २ सय २५ जना अष्ट्रेयाली नागरिक र पिआर होल्डर लिएर सिड्नी आउने नेपाल एयरलायन्सको बिमान सिड्नी बाट रित्तै नेपाल फर्कने भएको छ । यसअघि अप्रिल १ मा पनि ब्रिसवेन बाट नेपाल एयरलायन्स रित्तै फर्किएको थियो । नेपाल स्थित अष्ट्रेलियन राजदुताबासले केहि दिन अघि नेपालमा रहेका अष्ट्रेलियाली र पिआरहोल्डरहरुलाई दोस्रो पटक केहि
दिन अघिक्यानडा संगको संयुक्त चार्टड बिमानमा अष्ट्रेलिया ल्याएको थियो । अहिले फेरी दुताबासले चार्टड गरेर अष्ट्रेलियाली नागरिकलाई अष्ट्रेलिया पठाउने भएको छ ।यो बिमान मे ६ तारिखका दिन काठमाण्डौ बाट सिड्नीका लागि उड्नेछ । नेपालमा रहेका अष्ट्रेयाली नागरिक र पिआरहोल्डर जो अष्ट्रेलिया फर्कन चाहन्छन् उनीहरु आफैले नेपाल एयरलाइन्स संग टिकट लिन सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ ।
यसै बिच सिड्नी बाट रित्तै फर्कने अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश राजद दाहालले नेपाली टिभीलाई बताए । नेपालमा ट्राभल ब्याण रहेकाले अष्ट्रेलिया बाट नेपाली नागरिक पठाउन नसकिने दाहालले खुलाए । अष्ट्रेलियन सरकारले निर्यातको अनुमती दिएको खण्डमा केहि स्वास्थ्य सामाग्री पठाउने तयारी रहेको उनले दाहालले बताए ।
यस्तै मेल्बर्नमा रहेका अनिल अधिकारीले भने उक्त बिमानमा नेपालीहरुलाई पठाउन माग गर्दै उनले ८ घण्टा भोकै बस्ने बताएका छन् ।







