नेपाललाई ईयूको ९ अर्ब ८० करोड राहत

१६ बैशाख,काठमाण्डौ ।
कोरोनाभाइरसका बिरुद्द लड्नका लागि युरोपेली संघ (ईयू) ले नेपाललाई ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । कोरोना भाइरस महाव्याधि प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त राहत प्रदान गर्ने घोषणा गरेको हो ।यो सहयोग ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनप्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग दिएको हो । यो रकम सरकारले नै खर्च गर्न सक्छ। नेपालका लागि युरोपेली संघकी राजदूत वरोनिका कोदीले नेपाल र युरोपेली संघसँगको लामो समयदेखिको मित्रतालाई ध्यानमा राख्दै ईयूले अहिलेको संकटबाट जोखिमयुक्त समुदायमा पर्ने असर न्यूनीकरणमा सहयोग गर्ने बताएकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।