विद्यालयमा कोरोना रोक्न चीनले अपनायो यस्तो तरिका

२८ अप्रिल,एजेन्सी ।
चीनमा नियमित पठनपाठन शुरु भएको छ । कोरोनाभाइ’रसको सं’क्रम’ण फैलन नदिन विद्यार्थीलाई विशेष पोशाकको व्यवस्थासहित विद्यालय सञ्चालन गरिएको हो । चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन शुरु गरिएको हो । विद्यालय खुलेपछि सोमबारदेखि केही विद्यालयमा विद्यार्थी पुगेका छन् ।हप्तौँको लकडाउनपछि विद्यार्थीहरु पहिलोपटक विद्यालय फर्किएका हुन् । शाङ्घाइमा मिडल तथा हाइस्कूलको अन्तिम वर्षका विद्यार्थीहरु स्कूल आउन थालेका हुन् । बेइजिङ्गमा भने हाइस्कूलका सिनियरहरु मात्रै विद्यालय फर्किएका हुन् । चीनका अधिकांश क्षेत्रमा कोरोनाभाइ’रसको महा’मारी शुरु भएसँगै बन्द भएका थिए र अनलाइन मार्फत नै कक्षा हुने गरेका थिए । गएको महिनादेखि मात्रै केही विद्यालयमा अध्ययन सुरु भएको थियो ।

सोमबारदेखि थप विद्यालय नियमित कक्षामा फर्किएका हुन् । तर विद्यार्थीहरुको पोशाक भने नियमित जस्तो छैन । हरेक विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने एक मिटरको दूरी कायम गराउनका लागि विशेष प्रकारको टोपी पनि लगाइदिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।