कोरोनाभाइरसको नयाँ ‘हटस्पट’ सिङ्गापुर

१५ बैशाख,काठमाण्डौ ।
महामारी कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमणलाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको सिङगापुर अहिले फेरी कोरोनाभाइरसको ‘हटस्पट’बनेको छ । ५० लाख जनसङ्ख्या रहेको सिङ्गापुरमा भाइरसको संक्रमित संख्या दिनप्रतिदिन बढ्दो छ ।सिङ्गापुरमा यो समचार तयार पार्दा सम्म १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ ।चीन र भारतपछि एसियामा सबैभन्दा धेरै सङ्क्रमित हुनेको देश बनेको छ सिङ्गापुर । चीन र भारतको जनसंख्याको हिसाबले सिंङगापुरको जनंसख्या केहि पनि होईन ।सिङ्गापुरमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर धेरैजसो दक्षिण एसियाका छन् । वर्किङ परमिटमा काम गर्ने यी मजदुर एउटै कोठामा सामूहिक रुपमा बस्छन्, जसका कारण भाइरसको सङ्क्रमण उच्च रहन्छ ।

आइतबार सिङ्गापुरमा ९ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका थिए । यसमध्ये धेरै बाहिरी देशबाट आएका कामदार हुन् । सिङ्गापुरका स्थायी निवासी र नागरिकमा नयाँ सङ्क्रमणको सङ्ख्या मात्र १५ छ । परीक्षणको दायरा बढाएसँगै प्रवासी मजदुरमा सङ्क्रमण अझै धेरै देखिने सम्भावना छ ।मङ्गलबार राष्ट्रका नाममा प्रधानमन्त्री ली सेन लङले सम्बोधन समेत गरेका थिए । उनले आफ्नै परीक्षण किट विकसित गर्ने र बनाउनेसँगै बाहिरबाट पनि मगाइरहेको बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।