२५ अप्रिल,एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस (कोभिड१९)का बारे नयाँ धारणा सार्बजनिक गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उपचार पछि निको भएर घर फर्केकाहरुमा पुन:संक्रमण हुन सक्ने भन्दै निको भएपछि पनि स्वास्थ्यमा दिनु दिनुपर्ने बताएको छ ।
डब्ल्यूएचओले कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुनबाट बचाउने एन्टीबडीज हुन्छ भन्ने कुराको कुनै प्रमाण नभएको बताएको छ । सङ्गठनका अनुसार रोग प्रतिरोधात्मक शक्ति हासिल गर्न बहु चरण प्रक्रिया पार गर्नुपर्ने र यसका लागि एकदेखि दुई हप्ताको समय लाग्छ । यो प्रक्रियामा रगतमा रहेको एन्टिबडीजलाई मापन गरिन्छ ।
साथै विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ बिरामीमा एन्टिबडीजको अवस्थाको अध्ययन भइरहेको बताएको छ । धेरैजसो अध्ययनमा कोभिड १९ बाट निको भएका व्यक्तिमा यो भाइरसको एन्टिबडीज उत्पन्न भएको पाइएको छ । डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्नेमा जोड दिएको छ ।








