२५ अप्रिल,एजेन्सी ।
कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर आंतक मच्चाईरहेका बेला अमेरिका बाट नयाँ तथ्य खुल्नमा आएको छ । अमेरिकाका डाक्टरहरुले कोरोनाभाइरसका कारण ३० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुको अचानक मृत्यु भइरहेको चेतावनी दिएका छन् । यीमध्ये अधिंकास व्यक्तिहरुमा कोरोना या कुनै बिमारीको लक्षण समेत देखिएका हुदैनन् तर, अचानक आएको स्ट्रोकका कारण उनीहरुको मृत्यु भइरहेको डाक्टहरुले बताएका छन् ।
वाशिङटन पोस्टसँग कुरा गर्दै म्यानहटनको एमएसबीआइ अस्पतालका डाक्टर थोमन अक्सलीले बताएअनुसार उनका एक बिरामीले कुनै औषधी लिएका थिएनन् र पहिलेदेखि कुनै समस्या पनि थिएन । उनी अन्य सामान्य मानिसहरुजस्तै लकडाउनमा घरमा थिए । अचानक उनलाई बोल्न समस्या भयो । जाँचमा उनी ट्रोकको शिकार भएको र उनको टाउकोमा ठूलो ब्लकेज भएको पाइयो । ४४ बर्षीयको जाँचमा उनमा कोरोनाबाट समेत संक्रमित पाइए ।
सामान्यतया यस किसिमका गम्भीर स्ट्रोकको शिकार हुने औसत उमेर ७४ वर्ष हो । तर, कोरोनाभाइरसका कारण कम उमेरका व्यक्तिहरुको पनि स्ट्रोकका कारण ज्यान गइरहेको छ । न्यूरोलोजिस्ट थोमस अक्सलीका अनुसार उनले बिरामीको टाउकोबाट क्लट हटाउने प्रक्रिया सुरु गरे तर उनले मनिटरमा देखे कि बिरामीको टाउकोमा तत्कालै नयाँ क्लट बनिरहेका थिए ।
अमेरिकामा स्ट्रोकको शिकार बिरामीको संख्या अस्पतालमा लगातार बढिरहेको छ । जाँचमा स्ट्रोकको शिकार भएका व्यक्तिहरु कोरोना पोजेटिभ पाइएका छन् । कैयौं बिरामीमा संक्रमणको कुनै लक्षण देखिएको छैन । पहिले कोरोनाको कारण आम रुपमा फोक्सो प्रभावित हुने मानिन्थ्यो । तर, बिरामीको संख्या बढ्दै जाँदा र थप अनुसन्धान हुँदै जाँदा यो भाइरसले शरीरको लगभग हरेक अंग प्रभावित पार्ने रहस्य खुल्दै गयो ।डिसिनेपालको सहयोगमा*








