वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार

१३ बैशाख,एजेन्सी ।
चीनले कोरोना भाइरसको उद्गम स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने आग्रह अस्वीकार गरेको छ ।बेलायतमा रहेका चिनियाँ उच्च कूटनीतिज्ञ चेन वेनले यस्ता माग राजनीतिक प्रेरित रहेको भन्दै यसले कोरोना महामारीविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने बताएका छन् ।अमेरिका लगायत पश्चिमा मुलुकहरुले चीनमाथि कोरोना भाइरसको संक्रमण फैलिएपछि सुरुमै जानकारी नदिएको र नियन्त्रणका लागि पारदर्शी प्रक्रिया नअपनाएको आरोप लगाइंदै आएको छ ।गत वर्षको डिसेम्बरमा चीनको वुहान शहर स्थित वेट मार्केटबाट कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिर्दै आएको छ ।यसैबीच युरोपियन युनियनको प्रतिवेदनमा पनि चीनले कोरोना भाइरससँग सम्बन्धित गलत सूचना प्रवाह गरेको आरोप लगाइएको छ ।यस्तै रसियाले पनि गलत सुचना प्रवाह गरेको प्रतिवेदनले संकेत गरेको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण र नियन्त्रणमा चीनले पारदर्शीता नपाएको आरोप लगाउंदै आएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।