२२ अप्रिल,एजेन्सी ।
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर यतिबेला अमेरिका बनेको छ । अमेरिकामा दिनप्रतिदिन कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या तिब्र गतीमा बढीरहेको छ । गत २४ घण्टामा मात्रै २ हजार ७ सय ५१ जनाको मृत्यु भएको एजेन्सीले लेखेका छन् ।
मंगलबार जोन्स होप्किन्स् युनिभर्सिटीले दिएको तथ्यांकका अनुसार गएको २४ घण्टामा मात्रै त्यतिको मृत्यु भएको हो । अमेरिकामा २४ घण्टाभित्र यति धेरै संख्यामा ज्यान गुमाएको पहिलो पटक हो ।
त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या आठ लाखभन्दा बढी छ । त्यस्तै, ४४ हजार ८ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्। सोमबार-मंगलबार बीचमा मात्रै ४० हजार नयाँ संक्रमित थपिएका थिए । अमेरिकामा करिब ८०० सय नेपाली कोरोना संक्रमित छन ।भने ९ जनाले ज्यान गुमाएका छन् ।







