२१ अप्रिल,सिड्नी ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)ले युरोपमा ठुलो संख्यामा धन-जनको क्षती गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मध्यान्हसम्ममा ११ लाख १९ हजार भन्दा बढी संक्रमित रहेको युरोपमा एक लाख चार हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।







