अमेरिकामा ४० हजारको मृत्यु,नागरीकले गरे प्रदर्शन

२० अप्रिल,एजेन्सी ।
कोरोनाभाइरस (कोभिड-१९)ले अमेरिकामा ४० हजार भन्दा धेरै मानिसहरुको ज्यान गइसकेको छ । लकडाउनकै कारण दिनप्रतिदिन आम नागरिकमा परेको असहजताले गर्दा जनताहरु प्रदर्सनमा उत्रेका छन् ।प्रदर्शनकारीले एरिजोना, कोलाराडो, मोन्टाना र वासिङ्टनमा र्याली निकाल्ने योजनामा भएको बताइन्छ ।यसअघ अमेरिकाका आधा दर्जन राज्यमा प्रदर्शन भइसकेको छ । प्रदर्शनकारीले आफ्ना राज्यका गभर्नरसँग कोरोनाभाइरकिो खतराका कारण बन्द भएका उद्योग खोल्न अनुमती दिनुपर्ने माग राखेका छन् ।अमेरिकामा कोभिड–१९ को अत्यधिक खतरा हुँदापनि प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग तीब्र रुपमा बढिरहेको छ । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई समर्थन गरिरहेको संकेत दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।