अमेरिकामा कोरोना भन्दा ठुलो यशु भन्ने पास्टरको कोरोनाले मृत्यु

एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार नि’धन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् । यसअघि २२ मार्चमा भजिर्नियाका गर्भनर राल्फ नर्थामले १० जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आ’देश जा’री गर्नुअघि उनले च’र्चमा आफ्ना भक्तजनलाई प्र’वचन दिएका थिए । यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठुला छन् भन्ने मेरो गहिरो विश्वास छ,’ उनले भनेका थिए ।उनले आफुलाई मर्ने डर नभएको पनि बताएका थिए । ४ अप्रिलमा ग्लेनकी छोरीले भिडियो पोस्ट गर्दै आफ्ना बाबु र आमा मार्सिया ग्लेन दुबैमा कोरोना संक्रमण देखिएको बताएकी थिइन् । चर्चले उनको निधनमा गहिरो शोक प्रकट गरेको छ । शो’काकूल परिवारमा कोरोना संक्रमणबाट बच्नुपर्ने चुनौती समेत रहेकाले उनीहरुलाई आफ्नै ढंगले शोक मनाउन दिइने चर्चको विज्ञप्तीमा उल्लेख छ । चर्चले संक्रमितहरुको छिटो शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।