१२ अप्रिल,सिड्नी ।
अष्ट्रेलियामा दर्जनौ नेपाली र नेपाली मुलका अष्ट्रेलियन पत्रकारहरु सकृय रुपमा कार्यरत छन् । नेपाली समुदायका गतिबिधि र सुचनालाई आम संचार माध्यम द्वारा जनतालाई शुसुचित गराउदै आएका पत्रकारहरुको अष्ट्रेलियाका केहि शैक्षिक ब्यबसायीहरुले अबमुल्यन गरिएकोमा ध्यानाकर्षण गरिएको छ ।
अष्ट्रेलियन नेपाली जर्नालिष्ट एशोसिएसन (एन्जा)ले हालै अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय बिध्यार्थीका बिषयमा दिनु भएको अभिब्यक्ती पछि अष्ट्रेलियाका नेपाली पत्रकारहरुले सम्प्रेषण गरेका समचारका बिषयमा टिका टिप्पणी भएपछि एन्जाले एक बिज्ञप्ती जारी गरी सम्बन्धित ब्यक्ती तथा संघ-संस्थाको ध्यानाकर्षण गरेको हो ।
संस्थाका अध्यक्ष हेमन्त काफ्ले र महासचिब चिरञ्जीवी देबकोटा द्वारा जारी बिज्ञप्तीमा समाचारका बिषयलाई लिएर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने नियतले, स्पष्ट पार्ने नाममा यहाँ कार्यरत पत्रकारहरुको अवमूल्यन गर्ने, उनीहरुको मान मर्दन गर्ने र सामाजिक सञ्जालहरुमा अपमान गर्ने जस्तो कार्य भएकोमा नेपाली पत्रकारहरुको साझा संगठन अष्ट्रेलियन नेपाली जर्नालिष्ट एशोसिएसन (एन्जा) त्यसको घोर भत्र्सना गर्दछ । भनिएको छ ।
यस्तो छ बिज्ञप्ती:
यतिबेला हामी कोरोना रोगको महामारीविरुद्ध संयुक्त रुपमा लडिरहेको अवस्थामा छौं । विश्वका २ सय भन्दा बढी देशमा फैलिएको यो महामारीको सन्त्रासका बीचमा एक आपसमा सहयोग गर्दै, सहकार्यका माध्यमबाट कष्टकर र त्रासदीपूर्ण अवस्था अन्त्यका लागि हामी सबै क्रियाशील रहेको सर्वविदितै छ । यस्तो विषम परिस्थितिमा सरकारी निकाय, गैरसरकारी संस्थाहरु, सामाजिक संघ संस्था र सञ्चार जगतको भूमिका महत्वपूर्ण रहदै आएको छ । समाजका सबै तहको सहयोग र सहकार्यबाट मात्रै अहिलेको यो संकटबाट पार पाउनेछौं भन्ने कुरामा हामी सबै स्पष्ट छौं ।
पछिल्लो केही दिनदेखि मुख्यतः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीका सन्दर्भमा दिनुभएको अभिव्यक्ति पछि अष्ट्रेलियामा क्रियाशील रहेका र आफुलाई ठूलो सामाजिक संस्था दावी गर्ने संस्थाका जिम्मेवार पदाधिकारी, मूल नेतृत्व, पत्रकारहरुसँग निकट रही काम गर्नुपर्ने प्रवक्ता, केही शैक्षिक व्यवसायी लगायतका व्यक्तिहरुले विभिन्न माध्यमबाट गरेका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी जसले कागजी सम्झौता नै गरेर अस्ट्रेलियामा पढाई र अन्य खर्चको चाँजोपाँजो आफैंले गर्ने ग्यारेन्टी गरेका कारण अहिले प्रत्यक्ष सहुलियत दिने योजना नभएको अभिब्यक्ती दिएका थिए । सोही अभिब्यक्तीले नेपालमा र अष्ट्रेलियामै पनि एक किसिमको अन्यौलको अवस्था सिर्जना भएको सत्य हो ।
सोही समाचारका बिषयलाई लिएर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने नियतले, स्पष्ट पार्ने नाममा यहाँ कार्यरत पत्रकारहरुको अवमूल्यन गर्ने, उनीहरुको मान मर्दन गर्ने र सामाजिक सञ्जालहरुमा अपमान गर्ने जस्तो कार्य भएकोमा नेपाली पत्रकारहरुको साझा संगठन अष्ट्रेलियन नेपाली जर्न्िलष्ट एशोसिएसन (एन्जा) त्यसको घोर भत्र्सना गर्दछ ।अष्ट्रेलियामा क्रियाशील नेपाली पत्रकारहरुको संगठन (एन्जा) यस किसिमका क्रियाकलाप सामाजिक संघ, संस्थामा रहेका व्यक्तिहरु, विभिन्न पेशा व्यवसाय गर्नेहरुबाट हुन हुँदैन भन्ने अपेक्षा पनि गर्दछ ।
हामी अष्ट्रेलियाको संविधान, कानून र नीतिनियमको परिधीमा रहेर, पत्रकारिताको विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै व्यवसायिकरुपमा मर्यादित भएर यहाँको नेपाली समाजलाई सुसुचित गर्ने कार्यमा लागिपरेको पुनः स्मरण गराउन चाहन्छौ ।साथै, यो संकटको घडीबाट मुक्ती पाउन आफु सुरक्षित रहन र अरुलाई सुरक्षित गर्ने कार्यमा साथ दिन सबैमा हार्दिक अपील गर्दछौ ।
हेमन्त काफ्ले (अध्यक्ष )
चिरञ्जीवी देवकोटा ( महासचिव )







