भाइरलकै लागि हो त अमेरिकामा भोकै मर्न लागेको भन्दै रोएर भिडियो बनाएको ?(भिडियो सहित)

११ अप्रिल,सिड्नी ।
शुक्रबार मध्यान्ह देखि सामाजिक संजाल फेसबुकमा भाईरल बनेको एउटा भिडियो हो अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) कै कारण खान नपाएर भोक-भोकै मर्न लागेको,आफु बस्दै आएको घर बाट पनि निकालिदिएको भन्दै मुर्छा परेर रोएको भिडियो । उनी रोएको देख्दा वास्तबमै उनी भोकै रहेको र बिच्चलित भएको सजह अनुमान लगाउन सकिन्छ । उनले भिडियोमा रुदै भनेका छन् एक जना पाकिस्तानी उद्दार गर्न आउदैछ र उसकै घर गएर बस्ने भनेर पाकिस्तानीले संरक्षण दिन लागेको बताएका थिए । भिडियोमा आफू चापागाई थरको भएको र भर्जिनियामा बस्दै आएको तर खानेकुरा नपाएर मर्न लागेको नेपालीको घरमा बस्दै आएको र नेपालीले घर बाट निकालिदिएको आफुले किनेर राखेको रासन सामान पनि चोरी भएकाले बस्ने र खाने ठेगान नभएको भन्दै रुदै पैसा पनि नभएको,काम पनि नभएकाले भगवान संग प्रार्थना गर्दै पुकार गरेको भिडियोमा देख्न सकिन्छ ।ती युबाको चित्कार सुन्दै गर्दा उनको वास्तविकता के हो त भन्ने प्रश्नहरु पनि आए । अमेरिकामा नै रहेका हाम्रा सहयोगी पत्रकार र केहि उनी निकटका नेपालीहरुका अनुसार वास्तवमा उनको अबस्था भिडियोमा भनिएझै नरहेको बताएका छन् ।

हाम्रा सहयोगी पत्रकारका अनुसार अमेरिकामा कोहि पनि भोकै नरहेको दाबि गरेका छन् । उनको हर्कत केवल भाइरल बन्ने रहेको उनले बताएका छन् । भिडियोमा चावपागाईले धर्मका कुरा समेत जोडेका छन् । सामाजिक संजालमा प्राप्त प्रतिकृया अनुसार उनी अझै पनि सेभेन इलेभेनमा काम गर्दै आएका छन् । उनी न त भोकै छन् । नत काम नै गुमाएका छन् । उनलाई घर बाट ननिकालेको समेत उनक घरबेटीले बोलिसकेका छन् । चाँपागाई भर्जिनियामा हास्य कलाकार पुष्कर पन्तको घरमा भाडामा बस्दै आएका छन् । ती युबाले अमेरिकामा खाने कुरा पाउन छोडेको पाए पनि खानै नहुने, षडेगलेको र विषादी भएको कुरा बेच्न राखेको बताएका छन् । जुन शतप्रतिशत गलत रहेको छ । अमेरिकाको खाद्य एवं औषधी प्रशासनले कुनै पनि खानै नहुने र विषादीयुक्त खानाहरु बेच्न प्रतिबन्ध लगाएको छ । जनताको स्वास्थ्यमा असर गर्ने, विषादी भएका खानेकुराहरु कसैले बेचेमा उनीहरुलाई कारवाही हुन्छ र कतै संक्रमित भएका वा गलत तरिकाले लेवल लगाइएका खाद्यसामाग्री बजारबाट फिर्ता लगिन्छ । सामाजिक संजालका प्रतिकृयाका आधारमा उनी भाइरल हुने उद्देश्य त्यस किसिमको भिडियो बनाएको हुन सक्ने अधिकांसले बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।