१० अप्रिल,सिड्नी ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले न्युजिल्याण्ड दोस्रो संक्रमितको मृत्यु भएको छ । ९० वर्षीया बृद्दाको क्रिस्टचर्च स्थित बुरवुड अस्पतालमा आज मृत्यु भएको न्युजिल्याण्डको आधिकारीक निकायले पुष्टी गरेको हो । पहिलो पटक मार्चको तेस्रो साता कोरोना संक्रमण बाट मृत्यु भएको थियो ।
न्युजिल्याण्डमा कोरोनाको खासै प्रभाब छैन । अहिले सम्म १ हजार २ सयको हाराहारीमा संक्रमित पुष्टी भएको छ भने मृतक संख्या २ पुगेको हो । पछिल्लो २४ घण्टामा ४४ नयाँ संक्रमित पुष्टी भएको छ । न्युजिल्याण्ड छिमेकी देश अष्ट्रेलियामा करिब ६ हजार संक्रमित छन् । भने,५१ जनाको मृत्यु भईसकेको छ ।







