एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ७५ हजार भन्दा बढी पुगेको छ । संंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।यसै क्रममा अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लिबरलाई अदालतमा उपस्थित गराइएको छ ।
उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित एक परियोजनाको उनी हार्वर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए ।डा लिबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे । हार्वर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लिबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्वर्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।







