काठमाडौं– विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई हवाई सावधानी (airborne precautions) अपनाउन आग्रह गरेका छन् । पछिल्लो अध्यययनले कोरोन भाइरस केही निश्चित क्षेत्रमा हावामा समेत बाँच्न सक्ने भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विशेष चनाखो हुनु पर्ने बताएको हो । संगठनका अधिकारीहरुले कोरोना भाइरस हावायुक्त पनि हुने देखिएको, यद्यपि यो कुरा उक्त स्थानको तापमान तथा आद्रतामा निर्भर रहने बताएको छ ।संगठनले हालै गरिएको अनुसन्धानपछि यो नयाँ रहस्य पत्ता लागेको केही घण्टाअघि गरिएको भर्चुअल पत्रकार सम्मेलनमा बताइएको छ । यो भाइरस थुक, सिंगान अथवा तरल पदार्थको सानो थोपा (हाछयू र खोकीपछि) बाट पनि सर्न सक्छ, विश्व् स्वास्थ्य संगठनकी डा.मारिया भान केर्खोले पत्रकारहरुलाई भनेकी छिन्- ‘अनुसन्धानले भारइसहरु हावामा लामो समयसम्म रहने देखिएको छ ।’उनी भन्छिन्-‘त्यसैले अबका दिनमा स्वास्थ्य क्षेत्रमा कार्यरत शक्तिहरुले अतिरिक्त सावधानी अनुपानउ पर्ने भएको छ, खासगरी विजारमीहरुको उपचारको क्रममा ।’ संगठनका अधिकृतहरुले स्वास प्रस्वास सम्बन्धित ररोग मानिसबाट मानिसको सम्पर्कले, सिंगान र खोकि पछि निस्कने थोपाले सर्दछ । त्यसक्रममा कोरोना भाइरस हावामा समेत लामो समयसम्म रहने देखिएको छ ।
कोरोना भाइरुसका प्रकोप विश्वका अधिकांश देशमाहरु फैलिएको तथा प्रत्येक देशको मौसम उस्तै नहुने भएकाले स्वास्थ्कर्मीहरु थप चनाखो हुनु पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो । वैज्ञानिकहरुले खासगरी कसरी आद्रता, तापक्रम तथा परावैजनी किरणहरुले रोगलाई प्रभाव पार्ने तथा भाइसरहरु भिन्न भिन्न सतह (स्टिलमा पनि) कति लामो समयस्म रहन्छ भन्ने कुरा विचार गरिरहेका छन् ।संगठनले स्वास्थ्कर्मीहरुलाई एन-९५ मास्क नै लगाउन भनेको छ, किनभने तिनले ९५ प्रतिशत तरल पदार्थबाट बचाउँछन् । यसअघि, विश्व स्वास्थ्य संगठनले विगतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिबाट तीन कदमको दूरी पनि पर्याप्त हुन्छ भनेकोमा अमेरिकाका वैज्ञानिकहरुले संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको हाल चलिरहेको मोडललाई प्रभावहीन बताएका थिए ।
यो कुरा अमेरिकन मेडिकल एसोसिएशनले आफ्नो जर्नलमा प्रकाशित गरेको छ । कोरोना भाइरस जस्तो खतरनाक संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको दायरालाई अब बढाउनु पर्ने भएको छ । अब १–२ फीट होइन, कम्तिमा २७ फीट (करिव आठ मिटर) को सामाजिक दुरी बनाउनु पर्ने भएको छ । यस्तो किन भनिएको हो भने संक्रमित व्यक्तिले हाछयू गर्दा अथवा खोक्दा हवामा उपस्थित भाइरसले २७ फीटको दुरी तय गर्न सक्छ ।
अर्को शब्दमा भन्नु पर्दा यदि कुनै संक्रमित व्यक्तिले २६ फीटको दुरीमा रहेर हाछयू गरिरहेको छ भने उसले निकालेको सिंगानको थोपा अर्को व्यक्तिसम्म पुग्न सक्छ र दोस्रो व्यक्ति संक्रमणको चपेटामा पर्न सक्छ । यो अनुसन्धन अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) का वैज्ञानिकहरुले गरेका हुन् ।यति मात्र होइन, कोरोना भाइरसकाका हावामा लामो समयसम्म जीवित समेत रहन सक्छन् । उनले भनेका छन्- ‘ड्रपलेट (छिट्टाहरु) हरुले जमिनको सतहहरुलाई पनि प्रदूषित गर्न सक्छ । यसका स–साना थोपाहरु समेत लामो समयसम्म हावामा उपस्थित भरहन्छन् ।’ वैज्ञानिहरुका यदि सामाजिक दूरीका तरिकाहरुमा परिवर्तन ल्याइएन भने यो संक्रमण रोकिने पक्षमा छैन ।