३ अप्रिल,सिड्नी ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले कोरोनाभाईरस (कोभिड-१९) का सन्दर्भका क्रमा दिएको एक अभिब्यक्ती बिध्यार्थी र भिजिटर ,अस्थायी भिषा बाहकलाई केन्द्रित गरेको छ ।
अभिब्यक्तीका क्रममा प्रधानमन्त्री मोरिसनले अहिलेको बिसम परिस्थितिमा आर्थिक संकटमा परेका र आर्थिक हिसाबले बस्न असहज हुनेहरु आफ्ने देश फर्कनुको बिकल्प नरहेको बताएका हुन् ।
प्रधानमन्त्रीको अभिब्यक्तीले अदृष्य रुपमा अष्ट्रेलियन सरकारले ईन्टरनेश्नल स्टुडेन्टका लागि केहि सहयोग गर्न नसकिने सहज बुझ्न सकिन्छ । यद्दपी मोरिसनको तर्क भने फरक छ । उनको तर्क पढ्न आउने र आएकै पहिलो बर्ष गाह्रो भो भन्नु तर्क सम्मत छैन,यस बिषयलाई अध्यागम बिभागले नजिक बाट अध्ययन गर्ने समेत मोरिसनको तर्क छ ।मोरिसनले दिएको तर्कमा हरेक बिध्यार्थीले पहिलो बर्ष पढ्न सक्छु भनेर जिकिर गर्दै डकुमेन्ट पेश गरेका हुन्छन् तर अहिले कठिन भएको कुरा सुनिन्छ,अब बिध्यार्थीले पढ्न सक्ने सक्षमता प्रमाणित गर्ने बेला आएको प्रस्ट संग बुझिएको छ ।
प्रधानमन्त्री मोरिसनले बिध्यार्थी भिषा बाहेक अन्य भिजिटर र अस्थायी भिषा बाहकलाई समेत आर्थिक संकट भएको भए अष्ट्रेलिया बस्नै पर्ने बाध्यता नरहेकाले देश फर्कन सकिने सुझाब दिएका हुन् ।खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले सो अभिव्यक्ति दिएका हुन्। विद्यार्थी भिषा आवेदन दिने क्रममा नै हरेक विद्यार्थीले पढाइको पहिलो वर्षभर पढ्न आर्थिक रूपमा सक्षम छु भनेर जिकीर गर्ने गरेको उल्लेख गर्दै उनले विद्यार्थीले सक्षमता प्रमाणित गर्नुपर्ने बेला आएको बताएका हुन् ।
प्रधानमन्त्रीको यस अभिब्यक्तीका बिषयमा जिज्ञासा राख्दा सोलिसिटर खिलेन्द्र तिम्सिनाले भने प्रधानमन्त्रीको अभिब्यक्ती समय सापेक्ष रहेका बताउदै काम गुमाएर या बिबिध कारण आर्थिक संकट हुनेहरु अहिलेको अबस्था देश फर्कनुको बिकल्प नरहेको बताए । उनका अनुसार प्रधानमन्त्रीको यस किसिमको अभिब्यक्तीले नेपाली बिध्यार्थी र केहि अस्थायी भिषा बाहकलाई समेत असर गर्ने बताए ।







