गणेश पाण्डेय, लिस्बन।
उनीहरुमध्ये एकजनालाई दुईहप्तादेखि ज्वरो आएको र स्वस्थ्यकर्मीको सल्लाहमा औषधी खादा पनि निको नभएपछी स्वास्थ्य परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो। ति नेपालीमा कोरोना संक्रमण पुष्टी भएसंगै एउटै फ्ल्याटमा बस्ने सबैको स्वास्थ्य परिक्षण गरिएको थियो र स्वास्थ्य परिक्षणबाट सबै ८ जना नेपालीमा कोरोना संक्रमणको पुष्टी भएको छ। एउटै परिवारमा घर शेयरिङ्ग गरेर बस्ने भएकोले एकबाट सबैमा कोरोना संक्रमण भएको अनुमान गरिएको छ।
संक्रमितहरु मध्ये एक जनालाई अस्पतालमा भर्ना गरिएको छ। अन्य सात जनामा कोरोना माइल्ड देखिएको र अस्पतालमा स्थान नभएकोले घरमै आइसोलेसनमा राखिएको छ। सोही बिल्डिंगको अर्को फ्ल्याटमा बस्ने र संक्रमितहरुको सम्पर्कमा रहेका अन्य ५ जनामा पनि संक्रमणको जोखिम कम गर्न क्वारेन्टाइनमा राखिएको छ। अहिलेको महामारीको विषम परिस्थितिमा यदि कसैमा पनि कोरोनाका लक्षणहरु देखिएमा लुकाएर राख्नुभन्दा पनि आफ्ना परिवारमा शेयरिङ्ग गरेर सकेसम्म चाडै स्वास्थ्य उपचार लिनु नै बुद्धिमानी हो। नत्र, एकबाट अर्को हुदै सम्पर्कमा भएका सबैमा संक्रमणको जोखिम बढ्नेछ।
कोरोना संक्रमितको संख्या ७४४३ पुग्यो, १६० को मृत्यु
पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ७४४३ पुगेको छ भने हालसम्म १६० को मृत्यु भएको छ।कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका छन् भने १०३५ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
संक्रमितहरुमध्ये ६२७ लाई अस्पताल भर्ना गरिएको छ भने १८८ जनाको सघन कक्षमा उपचार भईरहेको छ। पोर्चुगल : कोरोना संक्रमितहरुको उपचारमा गर्दागर्दै संक्रमित भएका १ नर्स र ७ डाक्टर जीवनको अन्तिम लडाईमा !
पोर्चुगलमा कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थकर्मी नै संक्रमित भएपछि एक नर्स र सात जना डाक्टरहरु जीवनको अन्तिम लडाईमा छन्। हालसम्म उपचारमा खटिएका ८३५ जना स्वास्थकर्मीहरु संक्रमित भएका छन्। यो कुल संक्रमितहरुको १३ प्रतिशत हो।
जीवनको अन्तिम लडाईमा भएकी नर्सको करी काब्राल अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ। त्यस्तै जीवनको जोखिम भएका ५ जना डाक्टरहरुको साउ जोवाउ अस्पतालमा, एक जनाको सन्तो आन्तोनियो अस्पताल र अन्य एकको पोर्तो अस्पतालमा उपचार भईरहेको छ। करी काब्राल अस्पतालमा डाक्टर दम्पती नै इन्टेन्सिभ केयरमा छन्। पोर्चुगलभरिमा जम्मा एक हजार एक सय ४२ भेन्टिलेटर, ५२८ सघन उपचार कक्ष, र ४८० अप्रेशन थिएटर छन्।







