अमेरिका र स्पेनमा एकै दिनमा ८ सय बढीको मृत्यु

१ अप्रिल,सिड्नी ।
महामारीका रुपमा विश्वभर फैईलिएको कोरोनाभाइरस (कोभिड-१९)ले पछिल्लो समय युरोप लगायत अमेरिका रिजनका देशहरुमा ठुलो मात्रामा आक्रमण गरेको छ ।चीनमा महामारीका रुपमा फैलेर हजारौको मृत्यु हुदा सम्म अमेरिकालाई छुन नसकेको कोरोनाले अहिले अमेरिका नै कोरोना संक्रमितको पहिलो स्थानमा आईपुगेको हो । अमेरिकामा यो समचार तयार गर्दा सम्म करिब १ लाख ९० हजार भन्दा बढी कोरोना बाट संक्रमित पुष्टीभएका छन् । यस्तै ३१ मार्चमा अपेड गरिएको विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्याङक अनुसार २ हजार ३ सय ९८ जनाको मृत्यु भैईसकेको छ । यसै गरी मंगलबार एक दिनमा मात्रै ८ सय ११ जनाको मृत्यु भएको खबर छ । यदद्पी नयाँ रेकर्ड डव्लुएचओमा अपेट भएको छैन । यो सहित अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार ८१५ पुगेको छ ।अमेरिकामा कोरोनाको सबै भन्दा बढी प्रभाब न्युयोर्कमा परेको बताईएको छ । यस्तै अमेरिकाले १ लाख सम्म मृत्यु हुन सक्ने भन्दै सोहि संख्या भित्रै सिमित राख्नका लागि तिब्र गतिमा अभ्यास गर्दै गरेको खबर सार्बजनिक भएका छन् ।

यसै गरी स्पेनमा पनि एकै दिनमा ८ सय १२ जनाको मृत्यु भएको छ । स्पेनमा अहिले सम्म ८५ हजार भन्दा बढी संक्रमित पुष्टी भएको छ । यो संगै मृत्यु हुनेको संख्या ६ हजार ३ सय ९८ छन् ।
कोरोना भाईरसका कारण मृत्यु हुने पहिलो स्थानमा ईटली छ । ईटलीमा एक लाख १ हजार ७ सय ३९ मा कोरोना संक्रमण छ भने ११ हजार ६ सय भन्दा बढीको मृत्यु भैसकेको छ । अहिले संक्रमितको हिसाबले अमेरिका पहिलो स्थानमा छ भने मृतक संख्याका हिसाबले ईटली पहिलो स्थानमा र दोस्रो स्थानमा स्पेन रहेका छन् ।अमेरिका र युरोपका ईटली र स्पेनमा कोरोना नियन्त्रण भन्दा बाहिर हुदा संक्रति संख्या बढ्दो छ ।

यस्तै युरोप अन्तर्गत युकेमा पनि कोरोनाले मृत्यु संख्या बढाउदै गरेको छ । युकेमा २५ हजार संक्रमित पुष्टी हुदा २ हजार ५ सय बढीले ज्यान गुमाउन पुगेका छन् । जर्मनीमा संक्रमित संख्या ६१ हजार ९ सय माथि हुदा ४ हजार ६ सय १५ को मृत्यु भएको छ । युरोपकै फ्रान्समा करिब ४४ हजार संक्रमित हुदा ४ हजार ४ सय बढीको मृत्यु भईसकेको छ । स्विजरल्याण्डमा १५ हजार ५ सय बढी संक्रमित हुदा १ हजार २ सय माथिकाले ज्यान गुमाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।