१ अप्रिल,सिड्नी ।
कोरोनाभाइरस (कोभिड-१९)ले पछिल्लो समय ईटली,स्पेन,अमेरिका र युकेलाई सबैभन्दा बढी सताएको छ ।यि चार देश सबै आफैमा शक्तिशाली देशहरु हुन् । तर,कोरोनाको आक्रमणले नियन्त्रण गर्न निकै हम्मे हम्मे परेको छ । सबै देशहरुमा लकडाउन गरिएका छन् । यद्दपी कोरोना नियन्यन्त्रण बाहिर छ ।
युकेमा ३१ मार्च स्थानीय ९ बजे बिहान सम्ममा १ लाख ४३ हजार १ सय ८६ जनामा कोरोना परिक्षण गरिएको मध्ये २५ हजार १ सय ५० जनामा कोरोना पुष्टी भएको छ । भने, ३० मार्च साँझ ५ बजे सम्ममा १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ । तर गएको २४ घण्टाको अबधी ३ सय जना भन्दा बढीको मृत्यु भएको खबर सार्बजनिक भए पनि सरकारी तथ्याङक सार्बजनिक भएको छैन ।युकेमा अहिले सम्म केहि नेपालीहरुको समेत मृत्यु भैसकेको छ भने केहि नेपालीहरु उपचाररत छन् । केहि दिन अघि मात्रै कोरोना संक्रमित भगवती रानाभाट डिस्चार्ज भएकी थिईन् ।
युकेको लण्डन आसपास बस्ने नेपालीहरुमा कोरोनाको बढी संक्रण रहेको बताईएको छ ।
( https://bit.ly/3bDiXBV : As of 9am on 31 March 2020, a total of 143,186 people have been tested, of which 25,150 were confirmed positive.
As of 5pm on 30 March 2020, of those hospitalised in the UK, 1,789 have died. The figures for test results and for deaths are compiled from different sources. This is why the figures for deaths are reported from an earlier point in time than the figures for test results.)








