अष्ट्रेलियामा मृत्यु हुनेको संख्या २० पुग्यो,संक्रमित ४ हजार ७ सय

१ अप्रिल,सिड्नी ।
विश्वभर त्रास फैलाईरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा यो समचार आज बिहान ६ बजे सम्मको रेकर्ड अनुसार २० जनाको मृत्यु भैईसकेको छ ।यस्तै कोरोनाभाईरस बाट अष्ट्रेलियाभर ४ हजार ७ सय ७ संक्रमित पुष्टी भएका छन् । गत २४ घन्टाको तुलनामा अन्तिम २४ घण्टामा पुन:कोरोना संक्रमितको संख्या बढेको छ । अष्ट्रेलियाभर अन्तिम २४ घण्टामा ३ सय ४८ नयाँ संक्रमितहरु पुष्टी भएको छ ।अष्ट्रेलियाभर अहिले सम्म २ लाख ५० हजार मानिसमा कोरोना परिक्षण गरिएको छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेहरुको बिबरण स्टेटका रुपमा छुट्टाएको छैन ।
कोरोनाको सबै भन्दा बढी प्रभाब एनएसडब्लु राज्यमा परेको छ । यो राज्यमा २ हजार १ सय ८२ संक्रमित छ । सुरुवाती चरणमा एक जना पर्थमा भएको बाहेक सबै यहि राज्यका थिए । तर,पछिल्लो समय सरकारले मृत्यु हुनेको संख्या राज्यका हिसाबले छुट्टाएको छैन ।अष्ट्रेलियामा कोरोना संक्रमित संख्या बढ्न थालेपछि सरकारले मिनि लकडाउनकै शैली अपनाएको छ । अहिले अत्याबश्यक काम बाहेक घर बाहिर निस्नेलाई १ हजार डलर जरिवानाका साथै ६ महिना सम्म जेल हुन सक्ने घोषणा गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।