कोरोना संक्रमणले स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन !

२९ मार्च,सिड्नी ।
विश्वभर महामारीका रुपमा फैलिदै गरेको कोरोनाभाईरसबाट बिभिन्न देशका भिभिआईपिहरु समेत संक्रमित छन् । कोरोनाकै कारण स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको मृत्य भएको छ ।८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ । मारिया टेरेसाको आफ्नै सन्तान नभएकाले भाञ्जा भाञ्जीको साहारामा रहेकी थिइन् ।

कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेलिमेलले उल्लेख गरेको छ ।उनको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो । मारियाका ६ भाइबहिनी रहेका छन् ।
उनले आफ्नो युवा अवस्था म्याड्रिडमा बिताएकी थिइन् ।मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् ।

कोरोना भाईरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ भने संक्रमतिको संख्या ७२ हजार नाघेको छ । संक्रमति व्यक्तिहरु मध्ये १२ हजार उपचार पछि रिकभर भएर घर फर्केका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।