२९ मार्च,सिड्नी ।
कोरोनाभाईरस (कोभिड-१९) महामारीका रुपमा फैईलिएको अबस्थामा नेपालमा रहेका अष्ट्रेलियन नागरीक र स्थायी बसोबास प्राप्त बासिन्दालाई नेपाल बाट सिड्नी ल्याउने तयारी अष्ट्रेलियन दुतावास काठमाण्डौले गरेको छ ।केहि दिन अघि सम्म कतार एयरवेज बाट सिड्नी ल्याउने दुताबासले जानकारी गराए पनि अहिले कतार एयरवेज रद्द गरेर नेपाल एयरलाईन्स बाट काठमाण्डौ बाट पठाउने तयारी चलेको हो ।
यसैबिच सिड्नी बाट नेपाल एयरलाईन्समा नेपाली नेपाल पठाउने किसिमको खबर आईरहे पनि यस बिषयमा निर्णय भैईनसकेको अष्ट्रेलियाका लागि राजदुत महेश दाहालले नेपाली टिभिलाई बताए ।
राजदुत दाहाल संग नेपाली काठमाण्डौ लाने भन्ने खबरका बिषयमा टेलिफोन सम्पर्क गर्दा उनले भने ‘यस बिषयमा दुताबासले नेपाल सरकारलाई प्रस्ताव पत्र आज पठाएको छ । तर निर्णय भैईसकेको अबस्था नहुनाले अहिले नै यसै भन्न सकिन्न । यदी नेपाल सरकारले यस प्रस्तावलाई स्विकार गरेको खण्डमा हामी कस्ता ब्यक्तिलाई लैजाने भनेर क्राईटयरिया बनाउनेछौ’।
यस बिषयमा गैर-आवासीय नेपाली अष्ट्रेलियाका अध्यक्ष केशब कडेलले भने आज मन्त्रीपरिषद्को बैठक छ ।
आजको बैठकमा यस बिषयमा कुरा उठ्ने र निर्णय आउन सक्ने बताए ।
नेपाल एयरलाईन्सले यसै साता काठमाण्डौ बाट अष्ट्रेलियन नागरीक लिएर सिड्नी आउदैछ । नेपाल एयरलाईन्स सिड्नी आउने हुदा अष्ट्रेलियामा रहेका र नेपाल जानै पर्ने आकस्मिक अबस्थाका ब्यक्तिहरुलाई पठाउन सम्बन्धित निकायले कोसिस गरेको हो ।
सरकारले सो प्रस्ताव स्विकार गरे पनि यात्रु आफैले भाडा तिर्नुपर्नेछ भने १४ दिन नेपाल सरकारको क्वारेन्टाईन बस्नु पर्ने बुझ्नमा आएको छ ।
फोटो: अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल ।