२९ मार्च,सिड्नी ।
कोरोनाभाईरस (कोभिड-१९) विश्वभर महामारीका रुपमा फैईलिसकेको छ । अष्ट्रेलियामा यो समचार तयार गर्दा सम्म ३६३५ संक्रमित पुष्टी भएको छ । जस्मा ९ जना नेपाली बिध्यार्थी पनि पुष्टी भएको छ । यस्तै कोरोनाले अष्ट्रेलियाभर १४ जनाको ज्यान गएको छ ।संक्रमित नेपालीहरु न्यु साउथ वेल्समा ५ जना,भिक्टरियामा ३ र तास्मानियामा १ जना रहेका गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोख्रेले जानकारी गराएका हुन् ।नेपालीको रेकर्ड २९ मार्च बिहान १० बजे सम्मको हो । यस बिषयमा अष्ट्रेलियाका लागि नेपाली राजदुताबासले केहि जानकारी गराएको छैन । दुताबासको फेसबुक पेज २६ मार्च देखि कुनै अपडेट छैन ।
यसै गरी न्यु साउथ वेल्समा १६१७,नर्थन टेरोटरीमा १४,क्विसल्याण्डमा ६२५,साउथ अष्ट्रेलियामा २८७,तास्मानियामा ५८,भिक्टोरियामा ६८५ र वेस्ट्रन अष्ट्रेलियामा २७८ मा कोरोना संक्रमित रहेका छन् । यो रेकर्ड २८ मार्च दिउसो ३ बजे सम्मको हो ।
अष्ट्रेलियामा गत २४ घण्टाको अबधिमा (२७ मार्च-२८ मार्च दिउसो ३ बजे) ४६९ नयाँ कोरोना संक्रमितहरु पुष्टी भएक स्वास्थ्यमन्त्रालयले जनाएको छ । अहिले सम्म अष्ट्रेलियाभर २ लाख २ हजार मानिसमा कोरोना परिक्षण गरिएको छ ।अष्ट्रेलियामा अन्य देशबाट ट्राभल गरेर आएकाहरु धेरै छन्। यस्तै २० बर्ष देखि २९ बर्षका उमेर समुहका युबा युबती सर्बाधिक संक्रमित छन् । कोरोनाभाईरसको सुरुवाती चरणमा ७० बर्ष माथि र १० बर्ष मुनिका बालबालिकालाई कोरोनाले धेरै असर गर्ने बताईए पनि पछिल्लो तथ्याङकले भने युवाहरुमा बढी संक्रमण देखिएको हो ।
कोरोनाभाईरसले विश्वभर ५ लाख ५७ हजार संक्रमित पुष्टी भएका छन् । भने,२६ हजारको मृत्यु भएको छ । यस्तै १ लाख ५० हजार बढी निको भएका छन् ।