४८ घण्टा भित्रमा अष्ट्रेलियामा अत्यावश्यक सेवा बाहेक सबै बन्द

२३ मार्च,सिड्नी ।
महामारी कोरोनाभाईरस (कोभिड-१९)का कारण अष्ट्रेलियन सरकारले अहिले कठोर निर्णय चालेको छ । आज दिउसो मध्यान्ह देखी लागु हुने गरी अष्ट्रेलियाका सबै पब,क्लब,डिस्को,सिनेमा घर लगायत क्यासिनोहरु समेत बन्द हुने भएका छन् । यस्तै क्याफे तथा रेष्टुरेन्टले ‘टेक-अवे’ सेबा मात्र दिन पाउनेछन् । क्याफे-रेष्टुरेन्टको होम डेलिभरीमा समेत बन्देज गरिएको छ । आईतबार राती प्रधानमन्त्री स्कट मोरिसनले क्याबिनेटको बैठक पछि पत्रकार सम्मेलन गरी नयाँ घोषणा गरेका हुन् ।बन्देजमा धार्मिक स्थलहरु समेत परेका छन् । सानो किसिमको बिबाह र सानो किसिमको श्रदान्जली बाहेकका सबै कार्यक्रमलाई बन्देज गरिएको छ । प्रधानमन्त्रीले देशका स्कूलहरु खुल्ला हुने बताएका छन् । तर,सोमबार बिहान एनएसडब्लु प्रिमियर र शिक्षामन्त्रीले भने बच्चालाई घरमै राख्न आग्रह गरे । घरमा कोहि नभएको खण्डमा मात्र स्कुल पठाउन सकिने बताएका छन् ।

साथै आईतबार देखि लागु हुने गरी ४८ घण्टा भित्रमा एनएसडब्लु र भिक्टोरियामा अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए ।

( कोरोनाभाइरसको आशङ्का लागेमा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन १८०० ०२० ०८० मा फोन गर्न सकिनेछ । आपत्कालिन समस्यामा ००० (तीन वटा सुन्य) मा फोन गर्न सुझाव गरिन्छ ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।