२२ मार्च,सिड्नी ।
विश्वभर महामारीका रुपमा फैईलिरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा समेत ठुलै प्रभाब पारिरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १हजार १ सय संक्रमित पुष्टी भएको छ । भने,अहिले सम्म ७ जनाले ज्यान गुमाईसकेका छन् ।कोरोनाकै कारण विश्वभर नै अर्थतन्त्र जटिल बन्दै गईरहेको परिप्रेक्ष्यमा अष्ट्रेलियामा लाखौको जागिर गुम्दैछ । जसका कारण धेरैमा बेरोजगार हुने र त्यस बाट दैनिकि चलाउन हम्मे हम्मे पर्ने निश्चित छ । यसै बिच सरकारले दोस्रो पटक आम नागरिकका लागि राहत प्याकेज घोषणा गरेको छ ।
आईतबार प्रधानमन्त्री स्कट मोरिशन तथा ट्रेजरर जोश फ्राईडनबर्गले पार्लियामेन्ट हाउस क्यानबेरामा पत्रकार सम्मेलनको आयोजना गरी ६६ बिलियन डलर बराबरको राहत प्याकेज घोषणा गरेका हुन् । सरकारले गत साता मात्रै १७ बिलियन डलरको स्टिमुलस प्याकेजको घोषणा गरेको थियो ।
गत हप्ताको १७ बिलियन, रिजर्व बैंकबाट प्रदान गरिएको १०५ बिलियन र दोश्रो राहत प्याकेज ६६ बिलियन सहित करिब १८९ बिलियन डलर सहायता प्याकेजले अहिलेको परिस्थितमा साना ब्यवसाय, कामदारहरु, घर-परिवार तथा पेन्सन तथा बेरोजगारहरुलाई राहत मिल्ने प्रधानमन्त्री मोरिशनले अपेक्षा गरेका छन् । मोरिसनले साना तथा मझौला ब्यबसायहरु अष्ट्रेलियाको अर्थतन्त्रका मेरुदण्ड भएको र उनीहरु समस्यामा पर्दा समग्र सरकारकै अर्थतन्त्रलाइ हानी हुने बताउदै सक्दो सहयोग गर्न प्रतिबद्द भएको बताए ।
यस्ता छन् राहत प्याकेज:
कामदार र घर-परिवार:
सरकारले अस्थाई रुपमा नयाँ र पुराना सेवाग्राहीहरुलाइ प्रतिव्यक्ति प्रत्येक दुइ हप्तामा ५५० डलर प्रदान गर्ने छ । यो रकम बेरोजगार, काम खोजिरहेका युवाहरु, बालबच्चा हेर्ने अभिभावकहरु (प्यारेन्टिंग पेयमेन्ट) तथा किशानहरुलाई बिशेष भत्ताको रुपमा प्रदान गर्ने छ । यसका लागि सरकारले करिब १४ बिलियनको बजेट तय गरेको छ ।
त्यसैगरि गत हप्ता घोषणा गरिएको प्रत्येक २ हप्तामा प्रदान गरिने ७५० डलर सामाजिक सुरक्षा भत्तालाइ डबल गरिएको छ । सामाजिक सुरक्षा भत्ता करिब ४ बिलियनको हुनेछ ।
संचय कोषको रकम निकाल्न मिल्ने:
यस्तो जटिल परिस्थितमा आर्थिक संकट पर्ने सक्ने सम्भावानालाई मध्यनजर गर्दै कामदारहरुको जम्मा भएको संचयकोषको रकम मध्ये अधिकतम् २० हजार डलर निकाल्न मिल्ने अनुमती सरकारले घोषणा गरेको छ । १० हजार यहि आर्थिक बर्ष र बाकि १० बर्ष अर्को आर्थिक बर्षमा झिक्न सकिनेछ । यसमा कुनै अतिरिक्त कर लाग्ने छैन भने सामाजिक सुरक्षा भत्तामा समेत असर गर्नेछैन ।
ब्यबसायीहरुलाई सहयता :
अष्ट्रेलियामा करिब ३० लाख साना तथा मझौला ब्यबसाय रहेका छन् । कोरोनाकै कारण ब्यापार ब्यबसाय ठप्प भएर कर्मचारी पाल्न सक्ने अबस्था नहोस् भनेर सरकारले त्यस्ता ब्यबसायका लागि राहतमा थप गरेको छ । यसमा सरकारले ब्यबसायको अबस्था हेरेर २० हजार डलर देखी १ लाख डलर सम्म राहत प्रदान गर्ने भएको हो । जुन राहतबाट ७ लाख ब्यबसायमा कार्यरत करिब ८० लाख मानिसले रोजगारी सुरक्षित गर्न सक्नेछन् ।यस्तै नाफामुलक संस्थाका लागि पनि ३० हजार डलरको सहायता प्याकेज रहेको छ ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिशनले संक्रमित व्यक्तिहरु सेल्फ आइसोलेशनको निर्देशन पालन गर्ने, अनाबश्यक यात्रा नगर्ने, जमघटमा नजाने जस्ता सरकारी निर्देशनहरुलाई पालन गरि भाइरसलाइ अरु फैलनबाट रोक्न सरकारलाइ सहयोग गर्न अपिल गरेका छन् ।