कोरोनाले बेलायतमा एक नेपालीको ज्यान गयो

२२ मार्च,सिड्नी ।
विश्वभर फैईलिरहेको महामारी कोरोनाभाईरसले विश्वमै सम्भवत:पहिलो नेपालीको ज्यान गएको छ । यो घटना बेलायत स्थित लण्डनमा भएको हो । मृतक पूर्व गोरखा सैनिक हुन् ।
संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।मृतक राई केही दिनअघि मात्र अस्पताल बाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् पारिवारिक स्रोत बताउछ । उनको मृत्यु कोरोनाभाईरसकै कारण भएको अस्पतालले पुष्टी गरिसकेको छ । हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत गएका थिए । उनी श्रीमती र छोराबुहारीका साथ लण्डन बस्दै आएका थिए । उनले करिब दुई दशक अघि मिर्गौला प्रत्यारोपण पनि गरेका थिए । अहिले मृतकका सबै पारिवारिक सदस्यलाई सरकारी आईसोलेसनमा राखिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।