२१ मार्च,सिड्नी ।
गए राती सिड्नीको हर्षिल स्थित मेरिडन पबमा युबाहरुको दुई समुह बिचमा सामान्य बिबाद बाट सुरु भएको घटना १२ घण्टा बित्न नपाउदै जटिल बनिसकेको छ । पबमा तीन जनाको समुहमा भएका कार्की (नाम खुलाउन असमर्थ) थरका एक २३ बर्षीय युबा संग अर्को ५ जनाको समुहले पब भित्रै झगडा गर्न खोजेपछि उक्त पाँच जनाको समुहलाई पबको सुरक्षाकर्मीले बाहिर निकालेको थियो ।झगडा गर्न खोज्नेको समुहलाई निकालेपछि तीन जनाको समुह भित्रै बसेर केहि समय बियर पिए र घर जानका लागि बाहिर निस्के त्यसपछि सुरु भयो खास घटना । जुन घटना अहिले राष्ट्रिय घटनाका रुपमा आउने देखिन्छ ।
पब बाट निस्कदै गर्दा पबको प्रबेशद्दवार नजिकै कारपार्कमा भित्र झगडा गर्न खोज्नेहरुले ती कार्की थरका युबा माथि हातपात गर्न खोजे तर कार्की संग रहेका अन्य दुई जना साथीहरुले कार्कीलाई छेक्दै नेपाली-नेपालीमा किन झगडा गर्ने भन्दै सम्झाउन खोजे र केहि हद सम्म झगडा गर्ने समुह हच्के तर कार्कीको ती दुई जना मध्ये एक जनालाई पनि उनीहरुले धम्काउदै चुप लागेर बस् भन्दै थिए तर अर्का एक जनाले कार्कीलाई छेक्दा छेक्दै एक्कासी उनी ज्यान बचाउन दौडिएको र अचानक उनी सडकमा लडेको अबस्थामा देखेको कार्कीका साथी समेत रहेका प्रत्यक्षदर्शीले नेपाली टिभिलाई बताए ।
तर,कार पार्क भने उनलाई कसैले पिटेका थिएनन्,डिस्कस मात्र भएको थियो । त्यसको केहि समयमा नै कार्की अचेत अबस्थामा बाटोमा फेला पर्दा घटना अनौठो तरिकाले घटेको स्वयम् प्रत्यक्षदर्शीले बताए । तर,कार्की मात्र घाईते नभएर झगडा गर्ने समुहको एक जना पनि अचेत अबस्थामा नै सडकमा भेटिएका थिए ।उनका अनुसार प्रहरीले समेत अनौठो किसिमको घटनाका रुपमा लिएको र अनुसन्धान गरिरहेको पनि प्रत्यक्षदर्शीले बताए ।
घाईतेमध्येका कार्की अत्यन्त:गम्भीर अबस्थामा रहेको उनले बताए । उनका अनुसार झगडा गर्ने समुहको एक घाईते र कार्की दुबै जनाको कोग्रा स्थित सेन्ट जोर्ज हस्पिटलमा उपचार भईरहेको छ ।
यस्तै झगडा गर्ने समुहका पाँच मध्ये एक जनाले झगडा नगरौ भन्दै उनले केहि पनि नगरेको प्रत्यक्षदर्शीले बताए । उनका अनुसार बाँकी ४ जनालाई कोग्रा प्रहरीले रातीनै अनुसन्धानका लागि कोग्रा प्रहरी स्टेसन लगेको बताए ।