७ चैत्र, काठमाण्डौ
भारतमा ७ बर्ष अगाडी सामुहिक बलात्कारको सिकार भएकी निर्भयाले न्याय पाएकी छिन् । बलात्कारका चारै जना दोषीलाई आज (शुक्रबार) बिहान भारत सरकारले मृत्युदण्ड दिएको छ ।
दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो । जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, चारै जनालाई एकैसाथ मृत्युदण्ड दिइयो ।
लामो समय कानुनी लफडा झलेका निर्भयाको बुबाले भने ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।
यसरी भएको थियो घटना:सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए । पाँच जना दोषी मध्ये प्रमुख आरोपी राम सिंहले तिहाज जेलमा नै आत्महत्या गरेका थिए । एक जना भने जो घटना हुदाको समयमा नाबलिग साबित भएका थिए । तीमध्येका चारै जनालाई सामुहिक रुपमा नै मृत्यु दण्ड दिईएको भारतीय संचारमाध्यमले दाबि गरेका छन् ।
नाबालिग भएकै कारण जेल चलान बाट बचेका उनी घटना भए देखि नै कानुनले उनलाई ३ बर्ष सुधार केन्द्र बस्न निर्देशन दिएको थियो । जस अनुसार उनी ३ बर्ष सुधार केन्द्र बसी सन् २०१५ मा नै सुधारकेन्द्र बाट बाहिर निस्के पनि उनी अहिले बयस्क हुदा पनि उनलाई भने मृत्यु दण्ड र थप सजाय हुनेछैन । यद्दपी उनी सुरक्षाका हिसाबले अहिले पनि एक संस्थाको संरक्षणमा रहेका छन् ।








