७ चैत्र, काठमाण्डौ
भारतमा ७ बर्ष अगाडी सामुहिक बलात्कारको सिकार भएकी निर्भयाले न्याय पाएकी छिन् । बलात्कारका चारै जना दोषीलाई आज (शुक्रबार) बिहान भारत सरकारले मृत्युदण्ड दिएको छ ।
दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो । जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, चारै जनालाई एकैसाथ मृत्युदण्ड दिइयो ।लामो समय कानुनी लफडा झलेका निर्भयाको बुबाले भने ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।
यसरी भएको थियो घटना:सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए । पाँच जना दोषी मध्ये प्रमुख आरोपी राम सिंहले तिहाज जेलमा नै आत्महत्या गरेका थिए । एक जना भने जो घटना हुदाको समयमा नाबलिग साबित भएका थिए । तीमध्येका चारै जनालाई सामुहिक रुपमा नै मृत्यु दण्ड दिईएको भारतीय संचारमाध्यमले दाबि गरेका छन् ।
नाबालिग भएकै कारण जेल चलान बाट बचेका उनी घटना भए देखि नै कानुनले उनलाई ३ बर्ष सुधार केन्द्र बस्न निर्देशन दिएको थियो । जस अनुसार उनी ३ बर्ष सुधार केन्द्र बसी सन् २०१५ मा नै सुधारकेन्द्र बाट बाहिर निस्के पनि उनी अहिले बयस्क हुदा पनि उनलाई भने मृत्यु दण्ड र थप सजाय हुनेछैन । यद्दपी उनी सुरक्षाका हिसाबले अहिले पनि एक संस्थाको संरक्षणमा रहेका छन् ।