अष्ट्रेलियामा बन्देज ! सिटिजन र पिआर होल्डर बाहेक आउन नपाउने

१९ मार्च,सिड्नी ।
महामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९) को प्रतिकुल असरले अष्ट्रेलिया अछुतो छैन । दिन प्रतिदिन अष्ट्रेलियामा कोरोना संक्रमणमा वृद्दि भएपछि अन्तत:लकडाउनको स्थितमा आईसकेको छ ।दैनिकी रुपमा कोरोनाको अपडेट गराएर जनतालाई सुसुचित गरिरेको अष्ट्रेलियाले फेरी कठोर निर्णय लिएको छ । अष्ट्रेलियामा नागरीक र स्थायीबासी (पिआर होल्डर) बाहेक अन्य नागरिकहरुलाई बन्देज गरेको छ । यो नियम शुक्रबार देखि लागु हुनेछ । यस्तै बुधबार देखि नै अष्ट्रेलियन नागरिकहरुलाई ओभरसिज जान बाट रोक लगाएको छ ।अष्ट्रेलियन नागरीक सहित प्रबेश पाएकाहरु सबै १४ दिन सम्म सेल्फ आईसोलेसनमा अनिबार्य रुपमा बस्नुपर्नेछ । अष्ट्रेलियामा ५६५ जनामा कोरोनाको संक्रमण पुष्टी भैईसकेको र ८० प्रतिशत भन्दा बढी अन्य मुलुक बाट आएका र उनका सम्पर्कमा रहेकाहरुमा संक्रमण देखा परेको अष्ट्रेलियन सरकारको दाबी छ । एनएसडब्लु राज्यमै यो समचार तयार गर्दा सम्म २६५ जनामा संक्रमण पुष्टी भएको छ । भने एनएसडब्लुमा ५ र पर्थमा १ गरी ६ जनाको मृत्यु भईसकको छ ।

पछिल्लो समय चीन पछि साउथ कोरिया र त्यहाँ बाट ईटालीमा कोरोनाले ठुलो मात्रामा असर गरेको छ । यस्तै अमेरिकामा समेत ठुलै असर गरिरहेका बेला अष्ट्रेलियामा समेत यसले ठुलै असर गर्ने संकेत देखेकाले सरकारले नियन्त्रणका लागि सामुन्द्रिक सबै बोर्डर बन्द गर्दै बिमानस्थलमा आवात-जावातमा समेत बन्देज गरेको हो ।यो बन्देज केहि समयका लागि भएको र सुधार हुने संकेत मिल्ना साथ बन्देज फुकुवा गर्ने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । भोली राती देखि नेपाल,न्युजिल्याण्ड लगायतका देशहरुमा समेत पर्यटक आवत-जावतमा बन्देज गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।