कोरोनाभाईरस त्रास:पोर्चुगलमा आपतकालीन घोषणा,२ जनाको मृत्यु

६ चैत्र,काठमाण्डौ ।
युरोपमा कोरोनाभाईरसके यतिबेला निकै सताईरहेको छ । युरोपका बिभिन्न देशहरुमा अहिले कोरोनाका संक्रमितहरुको संख्या नाटकिय शैलीमा वृद्दी भैरहदा शक्तिशाली देशहरु पनि चिन्तित बनेका छन् । यस्तै पोर्चुगलमा समेत यसको असर ठुलै मात्रामा पर्ने संकेत देखा परेको छ । अहिले सम्म कोरोनाकै कारण पोर्चुगलमा २ जनाको मृत्यु भएको छ । भने,६ सय ४२ जनामा संक्रमण पुष्टी भएको छ ।ज्यान जानेमा एक ८० बर्षीय बृद्द र सान्तान्देर तोत्ता बैंकका अध्यक्ष आन्तोनिउ भियरा रहेको पोर्चुगिस संचार माध्यमले जनाएका छन् । हिजो रातिबाटै युरोप युनियन भित्र बाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरुमा अल्पकालीन प्रतिबन्ध गरिएको छ।पोर्चुगल सरकारका प्रधानमन्त्री एन्टोनियो कोस्टाले रास्ट्रपतिद्वारा देशलाई आपतकालीन राज्य घोषणा गरेको र उक्त निर्णयलाई सरकारले समर्थन गरेको पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।